🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दशैँमा कर्मचारीले तलबभत्ता पाएनन्

जिरी,३१ असोज : प्रदेश माताहातका कर्मचारीले तलबभत्ता नपाएपछि दशैँ मान्न ऋण खोज्न थालेका छन् ।

टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् । जागीर खाएर लिएको तलबभत्ताले घरमा समेत खर्च पु¥याउने बेलामा उल्टै बसको टिकटको लागिसमेत खर्च माग्नु पर्ने अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गरे  । 

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागीरको पाँच वर्षे अवधिमा उनी  पहिलोपटक आर्थिक वर्ष शुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैँ मनाउन घर फर्किए  । 

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले पनि तलव नपाएपछि निराश भएर घर गएका छन् ।

 
प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशुसेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जलउत्पन्न कार्यालयका दोलखाका मात्र २५० कर्मचारी तलब नलिई दशैँ मनाउन बाध्य भएका छन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकका कर्मचारीको तलब आइतबारसम्म नआएकाले वितरण नगरिएको जानकारी दिए  । 
–––