🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१० करोडमा बनेको भारतीय एउटा फिल्मले चुपचाप कमायो १०९ करोड

मुम्बई, ६ चैत । भारतमा सिनेमाको कुरा गर्ने हो मुख्य कुरा फिल्मले बक्स अफिसमा १०० करोड कमायो कि कमाएन भनेर हेरिन्छ । 

धेरै पटक कुनै फिल्म १०० करोड कमाएर पनि फ्लपको श्रेणीमा पर्छ किनभने यसको बजेट धेरै हुन्छ । यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ यसको ठूलो उदाहरण हो, जसको बजेट २०० करोड रुपैयाँ रहेको बताइएको छ । 

तर एउटा मलयालम फिल्म ‘प्रेमालु’ चर्चामा छ । मात्र १० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०९ करोड कमाएको छ ।

मिडिया रिपोर्टमा भनिएको छ कि यो सन् २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो ब्लकबस्टर हो । फिल्मका सबै पात्र युवा कलाकारले नै निर्वाह गरेका छन् । करिब एक महिना अघि रिलिज भएको ‘प्रेमालु’ सर्वाधिक कमाउने मलयालम फिल्मको सूचीमा पाँचौं स्थानमा पुगेको छ ।

प्रेमलुका निर्देशक गिरीश एडी हुन् । फिल्ममा नास्लेन के. गफुर, ममिता बैजु, संगीत प्रताप, श्याम मोहन एम, मीनाक्षी रविन्द्रन, अखिला भार्गवन र अल्ताफ सलीम जस्ता  कलाकारहरूले काम गरेका छन् । विक्रम र पुष्पा जस्ता चलचित्र निर्माण गरेका फहद फासिलले चलचित्र निर्माण गरेका हुन् ।

यो फिल्म पहिलो पटक मलयालममा रिलिज भएको थियो । प्रतिक्रिया राम्रो आए पछि निर्माताले तेलुगु भाषामा पनि रिलिज गरेका छन् । इन्डस्ट्री ट्र्याकर सक्निल्कको रिपोर्ट अनुसार प्रेमलुको बजेट करिब १० करोड रुपैयाँ रहेको छ । फिल्मले विश्वभर १०९ करोड कमाएको छ । भारतमा सबै भाषामा फिल्मको कलेक्सन ५७.९७ करोड रहेको छ ।

यो फिल्म छिट्टै ओटीटीमा रिलिज हुँदैछ । रिपोर्टका अनुसार यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुन लागेको हो । यद्यपि यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । हिन्दी सिनेमा 'प्रेमालु'को नाम धेरैले सुनेका छैनन् तर यो फिल्मले दक्षिणमा चमत्कार गरेको छ, जसले मलयालम फिल्म उद्योगलाई नयाँ ऊर्जा दिएको छ ।