🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विकासे दुर्गति : दुई दशकसम्म सडक ग्राभेल हुन सकेन

दार्चुला, २ कात्तिक (रासस) : गोकुलेश्वर खार खलङ्गा सडक दुई दशकसम्म पनि अझै ग्राभेल हुन सकेको छैन । महाकाली लोकमार्गको दार्चुला खलङ्गा जोड्ने वैकल्पिक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिने गोकुलेश्वर खार खलङ्गा सडक निर्माण शुरु भएको बीस वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । 

आर्थिक वर्ष ०५५/५६ मा निर्माण शुरु भएको सडकमा ०७३/०७४ मा अस्थायीरुपमा ट्रयाक खुलाइएको थियो । कूल ४४ किलोमिटर सडक निर्माण बेलाबेला पहिरोका कारण अवरुद्ध हुने गरेको छ । असारमा आएको बाढीका कारण सो सडकखण्ड पूरै अवरुद्ध भएको थियो । कूल ४४ किलोमिटर सडकमध्ये गोकुलेश्वरको कर्कलेदेखि २८ किलोमिटर र खलङ्गादेखि सात किलोमिटर सडकको अस्थायी ट्रयाक खुलाउन कामको लागि खाद्यान्न कार्यक्रमले पहल गरेको थियो । 

उक्त कार्यक्रम बाहिरिएपछि सडक निर्माणको जिम्मा ग्रामीण विकेन्द्रीत तथा पूर्वाधार कार्यक्रमले लिएको थियो । सडक निर्माणको लागि भएको खर्च विवरण उपलब्ध नगराइएको र अहिलेसम्म पनि सडक ग्राभेल गर्नेतर्फ कसैले ध्यान नदिँदा सो सडक सञ्चालनमा समस्या भएको स्थानीयबासी बहादुर टमटाले बताए  । 

वैकल्पिक सडक हुँदाहुँदै पनि सडक निर्माण अब कसले गर्ने भन्ने अन्योल रहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । गत वर्षसम्म सडक डिभिजन कार्यालय पाटन बैतडीले ठाउँठाउँमा सडक खुलाउने काम गरेको थियो । अहिले सडक प्रदेश मातहत रहने कि केन्द्रीय राजमार्गअन्तर्गत राख्ने भन्ने कुरा उठ्दै आएको छ । 

उक्त सडकलाई प्रदेशको गौरबको योजनाको रुपमा अघि बढाउने गरी छलफल भइरहेको प्रदेश सभासद् मानबहादुर धामी सन्तोषले बताए  । “अहिले नै सडक प्रदेश मातहत जाने पक्कापक्की भएको छैन,” उनले   भने  “तर यो सडकलाई सदरमुकामदेखि होपरीगाड, सिप्टी, मार्मा र अपि हिमाल जोड्ने गरी प्रदेश गौरवको योजना बनाउने सोच बनाएका छौँ ।” 
–––