🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बिराटनगर, चैत १५ गते । मोरङ र धनकुटा जिल्लाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे धनकुटा नगरपालिका-६ स्थितमा बागमती प्रदेश ०१-०२६ च ८९९२ नम्बरको पिकअप गाडी अचानक बेक्रफेल भई सडक साईडमा रोकी ग्यास लोड गर्दै गरेको बागमती प्रदेश ०१-००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिंदा ग्यास लोड गर्दै गरेका ट्रक चालक सिराहा लाहान गोलबजार घर भई धनकुटा गुठिटार बस्ने ३० वर्षीय निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
 
ठक्कर दिने पिकअप चालक धादिङ सिद्धलेख-३ का ३८ बर्षीय चेत बहादुर विशुँखेलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ ।
 
 
त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ स्थिमा मे.१ ख ३३७२ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार ईटहरी- ८ की ४४ बर्षीया मन्जु कटुवालको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो भने मोटरसाईकल चालक २१ बर्षीय अमित कटुवालको सोही अस्पतालमा उपचार भईरहेको भएको छ ।
 
 
घटनामा संलग्न ठक्कर दिने बस र बस चालक मोरङ पथरीशनिश्चरे- २ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणामा लिई थप अनुसन्धान गरिरहेको  बताएकाे छ ।