टर्कीको राजधानी स्तानबुल स्थित साउदी अरबको वाणिज्य दुताबासमा साउदी अरबकै पत्रकार Jamal Khashoggi (जामाल खाशोज्जी) मारिए । १७ दिनसम्म उनी मारिएको कुरो स्वीकार नगरेको साउदी अरबले यतिबेला दूताबासभित्र भएको झगडामा उनी मारिएको स्वीकार गरेको छ । टर्की सरकारले झगडामा मारिएको नभै उनलाई मार्नका लागि राति बिशेष जहाज चार्टर गरेर साउदी अरबबाटै हड्डी काट्ने मेशिन सहितको लाश चिरफार गर्ने डाक्टरको बिशेष टीम ल्याईएको दाबी गरेको छ ।
यतिले मात्र नभै उसले जामेललाई १२ मिनेटमा काटेर भ्याएको बताउंदै सबैभन्दा पहिला हातहरु छिनालिएको त्यसपछि गोडा र शरीर टुक्रयाईएको बताएको छ । हातहरु छिनालिँदा पत्रकार चिच्याएको प्रमाण आफूसंग भएको दाबी पनि टर्कीले गरेको छ । टर्कीको यो दाबी पछि बिश्व समुदायबाट परेको दबाब थेग्न नसकेर साउदी अरबले गल्ती त स्वीकार्यो तर उनको लाश कहाँ छ भन्ने बारेमा कुनै सूचना दिएको छैन । यतिबेला साउदी अरबको बाणिज्य दूताबास टर्कीका अनुसन्धानकर्मीहरुको घेरामा छ । यो समाचारले सन्सार हल्लिएको छ ।
मैले आज मेरी छिमेकी भनौ या अफिसको क्लाईन्ट, उनी सँग यो बारे जिज्ञासा राखेकी थिएँ ।
उनले मलाई अनुसन्धान भईरहेको र यतिबेला टर्कीको मिडीयामा पनि एउटै कुरा बारबार दोहरिरहेको बताईन् ।
अनि मैले लाश लगे कहाँ त भनि सोधेकी थिएँ । « अरुले जस्तै मैले पनि त्यतै बनतिर गाडेहोलान् भन्ने ठान्थेँ तर शँका लाग्छ किनभने हड्डी काट्ने मेशिनसँगै सायद मासु पेल्ने मेसिन ल्याईएको थियो होला । उनलाई पेलेर त्यहि दुताबास मुनि गाडीयो होला या कतै लगेर बगाईयो होला । तर म बिस्वस्त छु हाम्रो सरकारले के भयो भन्ने कुरो पत्ता लाएरै छाड्नेछ । » उनले भनिन् ।
अनि मानिस काटेको ठाउँमा केहि न केहि दागहरु त रहन्छ नि हैन र ? मैले फेरी सोधेँ । उनले थपिन्,” दु:खको कुरो कतै पनि रौँ दाग केही भेटेका छैनन। कोठाहरु एकदम सफाचट देखियो ।”
Xxxxxx. Xxxxxxx Xxxxxxxxxx Xxxxxxxxx
हामीहरुले एकैसाथ मन दुखायौ ।
उनको खानदान साउदी अरबको निकै धनी र पढेलेखेको खानदानमा पर्दो रहेछ । ईजिप्टदेखि अमेरिका र फ्रान्ससम्म उनका भाई भतिजा खलकहरु महसुर व्यापारीहरु रहेछन् ।
उनको लाश फेला परोस् र सत्य तथ्य बाहिर आओस् । दोषी माथि कारबाही होस् । हाम्रो मित्र राष्ट्र साउदी अरबले यस्ता अमानवीय व्यबहारहरु झुक्केर पनि नगरोस् । साउदी अरबले सँसार हल्लाऊँछ तर यस्तो कुराले साउदी अरबको शाख पनि गुम्छ । फेसबुकबाट



