🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रष्टाचारका काण्ड कल्पित कि वास्तविकता ?

१. सन् २०१७ मा वाइडबडी खरिद गर्ने ठेक्का दिएको सरकार गएर अर्को सरकार आइसकेपछि अर्डर गरेको बिमान १५ महिना पछि जव बिमानस्थलमा ओर्लियो – अनि वाइबडी जहाजमा ओली सरकारले भ्रष्टाचार गर्यो भनेर हल्ला पिटियो । खरिद गर्ने बेलाको सरकारले बिमान सप्लाइ गर्ने कम्पनीलाई  अहिले सम्झौता गरौ; कमिसन चै पछि बन्ने सरकारलाइ दिनु भनेर सम्झौता गर्यो ?

२. सुनकान्ड : ओली सरकारले सदियौदेखि  टनका टन सुन ओसार्ने तस्करका गिरोहको छानबिन गरेर सिंगो तस्करको र्याकेट ध्वस्त बनाएर संलग्न ६ दर्जन (प्रहरी उच्च अधिकृत समेत) लाई  थुनामा राखेर मुद्दा चलायो अनि “३३ किलो सुन कान्ड” भन्दै अपराधीलाइ जेल हाल्ने सरकारविरुद्ध ट्रोल शुरु गरियो नियोजित रुपमा ।

३. वालुवाटार जग्गा : ४८ साल देखि बालुवाटारको सरकारी जग्गा पटक पटक गरि भूमाफियाको मिलोमतोमा निजीमा पुर्याइयो । पछिल्लो सरकारले चाल पाएर देशै भरिका लुटिएका जग्गा छानबिन गरेर तथ्यहरु सार्वजनिक गरेपछि  मुद्दा चलाएको छ; जग्गा खोजी गर्ने उही सरकारले बालुवाटारको जग्गा खायो भन्दै ट्रोल चलाइयो “वालुवाटार कान्ड” ।

४. कालापानी लिपुलेक : २०१८ सालदेखि महाराजको पालामै भारतीय सेनालाई  कालापानीमा बिना रोकटोक कब्जा गर्न दिइयो; ७६ सालको सरकारले कालापानी भारतलाइ दियो भनेर उल्टै ट्रोल चलाइयो । २०५६ सालमै कालापानीबाट सेना हटाउनु पर्छ भनेर संसदमा प्रस्ताव लाने केपी ओली अहिले प्रम छन्, त्यसबेला प्रस्ताव दर्ता नै गर्न नदिने कांग्रेस पनि जिउँदैछ अहिले कोमामा भएपनि । कालापानी  नेपालको भूभाग हो, भारतले सेना फिर्ता लानु पर्छ भनेर औपचारिक रुपमा भारतलाई  पहिलो पल्ट पत्र लेख्ने सरकारले नै कालापानी भारतलाई  बुझाएको नक्कली हल्ला पिटियो ।

५. सुरक्षा प्रेस : सुरक्षा प्रेस खरिद प्रकृयामा सहभागी नै नभएको कम्पनीको दलालले ठेक्का नपाएपछि  १७ महिना पछि टेपकान्ड ल्यायो । खरिद प्रकृया पूरा नै नभएको, ठेक्का स्वीकृति नै नभएको खरिदमा १२ अर्ब भ्रष्टाचार भयो भनेर 'मादल' बजाइयो ।

६. २०५२ सालदेखिका बिभिन्न सरकारले गुठीका जग्गा ब्यापारीहरुलाइ लिजमा दिए, ०७६ सालको सरकार जग्गाको खोजबिनमा लागेपछि  गुठीको जग्गा अहिले ब्यापारीलाई  सस्तोमा दिइयो भनेर हंगामा मच्चाइयो ।

७. एमसीसी : २०११ देखि प्रकृया थालेर, अनेक प्रयास गरेर २०१७ मा एमसीसी  सहयोग लिने सम्झौता भयो । सम्झौता हुँदा साराले तात्कालीन नेपाल सरकार र ट्रम्पको प्रशंसा गरे; सन् २०१९ को अन्तिमतिर सम्झौता कार्यान्वयन गर्ने समय आएपछि सन् २०१८ मा अमेरिकाले उच्चारण गरेको इन्डोप्यासीफिक सैन्य गठबन्धनमा नेपाललाई  जाक्ने काम गर्यो वर्तमान सरकारले भनेर विवाद खडा गर्न खोजियो ।

८. कोरोना कान्ड : संसारभरी उपचार सामग्रीको अभाव भएको बेला उपचार सामाग्री नदिएर डाक्टरहरुले उपचार गर्न पाएनन भनेर आवाज उठाइयो, जेनतेन, जति परेपनि, जति पाइन्छ त्यति भएपनि सामान तत्काल ल्याउन ठेक्का दिएर जव सामान विमानस्थलमा ओर्लियो अनि ठेक्का नपाएका दलालहरुले मेडिया उचालेर भ्रष्टाचारको ट्रोल खडा गरे ।

९. एनसेल कान्ड : विगत ७ बर्षदेखि एनसेलले बिक्री कर तिरेन । कुनै सरकारले तिराउने पहल पनि गरेनन । जब  यो सरकारले कर तिराउन अदालतमा मुद्दा दर्ता गरेर अन्तत २२ अर्ब बिक्री  कर तिरायो अनि यही सरकारले एनसेलमा भ्रष्टाचार गर्यो भनेर हल्ला पिटियो । एनसेलले २२ अर्ब मध्य दुई  किस्ता लगभग ९ अर्ब तिरिसक्यो । एनसेलले ७ बर्षदेखि अटेर गरेर नतिरेको कर यही सरकारले २२ अर्ब असुली गर्दा अपराधी करार गर्न खोजियो ।

यी सबै पृष्ठभूमि किन आवश्यक भयो भने विगतका सरकारका गल्ती कमजोरी, नालायकीपन, कमिसनखोरी, भ्रष्टाचार, तस्करीविरुद्ध जबजब सरकार प्रहार गर्छ तवतव हिजोका खाइपाई  आएका किर्नाहरु सलबलाउँछन र नियोजित रुपमा सरकारविरुद्ध युद्धको घोषणा गर्छन । तथ्य, सन्दर्भ, घटनाक्रम र सत्यको विश्लेषण र खोजी नगर्नेहरु आँखा चिम्लेर कुदेका छन । यो नियोजित खेलका विरुद्ध गम्भीर प्रहार जरुरी छ । (फेसबुकबाट)