🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृह अधिनता(लकड़ाउन)को प्रतिवेदन !!

\"\"
(१) शुरुवात :

पुराना वा बेकामे सामानलाई बर्हिगमन गर्न कसैलाई सित्तैमा दिनु, नष्टगर्नु, कवाडीलाई दिनु,  लिलाम गर्नुलगायतका विभिन्न तरिकाहरु छन् । बर्हिगमन नगर्ने हो आफ्नै अधिनमा राखेर उचित तवरले थन्क्याउनु पर्छ । कसैले केही गर्नेवाला छैनन् भन्ने जान्दाजान्दै पनि 'लकडाउन'को ३ दिन अघिसम्म के के न भै हालिन्छ कि  भनेर खुव डुलियो । बजार सुनसानको क्रम बढेपछि स्वयं डराएर बाह्य अधिनता त्याग्दै गृह अधिनता स्वीकार गरिरहेकै बेला सरकारले कोविड 'लक डाउन–२०७६' को घोषणा गर्यो ।

(२) विचरा चाकरी र सकारात्मक सोच :

यसपछि त पूर्णतः गृह अधिनस्थ ('लक डाउन')भइयो । सवै नेपाली दलका कार्यकर्ता र सवै कार्यकर्ता दलका स्वयम्  घोषित  नेता भएर सीमारहित मनपरीतन्त्र उन्मुख लोकतन्त्रको अभ्यास गर्न मज्जाले पाइरहेको अवस्थामा गृह अधिन लगामको सवभन्दा ठूलो मार ‘चाचुचा’मा परेको ठहर गरियो । सरकारले हामीलगायत पृथ्वीका मानव प्राण जोगाउन नै गृहमै थन्किन अनुरोध गरेको वेला चाचुचामा पनि बन्देज नै लगाएको हुनुपर्छ भन्ने सकारात्मक सोचको साथ गृह अधिन लकडाउनको हालसम्मको अवधिको विविध तवरले उपयोग गर्ने विचार आयो (सदुपयोग शव्द प्रयोग अहिले गरिएन किनकि सो भए नभएको ठहर गर्ने जिम्मा हजुरहरु प्रतिवेदन पाठकहरुमा नै छोडें ) ।

 \"\"
(३) अध्ययन र लेखन :

(३.१) लेखन :

वातावरणीय सरोकार सम्बद्ध एउटा किताव नै लेख्दै थिएँ । ३० प्रतिशत बाँकी भएकोमा त्यसलाई रोकेर वर्तमान कोभिड महामारीको एक पक्षको सम्बन्धमा विचार पोख्दै छु । जाँगर जाँगेछ भने ७ दिनमा त्यो पनि सकिएला । जाँगर ? हो, २ दिनदेखि  अलि मरेको छ: इम्पेरियल कलेज, फैकल्टी अफ मेडीशिन, लण्डनको मार्च २६ को अध्यन प्रतिवेदन –१२ पढेपछि । बेलैमा नियन्त्रण नगरे मानव अस्तित्वमा नै खतरा आउन सक्ने चेतावनी दिइएको उक्त प्रतिवेदन पढेपछि निराशा छाउनु स्वभाविक नै हो । कोभिड–१९ बारे ३ सय भन्दा बढी अध्ययन भै सके । 

असारे विदामा गाई हेर्न जाँदा सिन्धुली घोकशिला गोलाञ्जोरको देउली पोखरी र सुँघुरे डाँडाको बर पोखरीको पानी पनि खानु परेको ज्याद्रो शरीर पो हो यो ; कृष्ण मुरारी दाई–बल्लभ दाई–रामजी दाई–विमल –कुमार–होममणी–विष्णु –गणेश–उद्धव–बद्रीसँग ठूली पोखरीको चउरको धुलोमा लडीबुडी गर्दै कवड्डी खेलेको तिघ्रे पो हुँ ;  ९ बर्षको उमेरमा घोकशिलाबाट बारा डाँडागाउँ हुँदै खुर्काेट धाएर पढेको र त्यही उमेरमा नै रिठ्ठे गगतेको अककरमा (हालको वीपी राजमार्गको ऐना टाँगेको स्थल) हिंडदै मावली  दुम्जा पुगेको बटुवा पनि पो हुँ ; सुनकोशीमा नुहाएर चैत्रको तातो ढुङ्गामा सुतेर ज्वरो स्वरो पचाएको ज्यान पो हो यो भन्ने घमण्डले बारी खन्नेलगायतका काममा अलि लतो छाडदै गरेकोमा इम्पेरियल प्रतिवेदनले सातो लिएपछि स्वयं होम 'आइसोलेशन'लाई थप कडा गर्दै कोरोना कविको हैसियतले तलको कविता कोरेंः
“कहाँ गए तिनका फाइटर मिसाइल, कहाँ  बम परमाणु ।

विश्व हाम्रै कव्जामा छ भन्नेहरुलाई हायल कायल पार्न …
पर्याप्त भएको छ अहिले,एउटै कोरोना किटाणु ।।”

(३.२) अध्ययनः

\"\"
ठूला दैनिकका डिजिटल प्रिन्ट पढिन्छ । साँघु, घटना र विचारलगायतका साप्ताहिकहरुले पनि अनलाइन संस्करण निकाल्न गरेको मिहेहनत चानचुने  होइन । फ्रान्स पठाउन ठिक्क पारेको चिनिया मास्क महामहिम डोनाल्डले आफूले पो हात पारेको समाचार पनि रसिया टुडेमा पढन पाइयो । चीनले कोरोना पठायो भन्ने ट्रम्प अमेरिकी जनताको स्वास्थ्य खत्तम पार्न भेनेजुयलाका राष्ट्रपति मदुरोले फार्क लडाकुसँग मिलेर कोकिन पनि अमेरिका पठाउन थाल्योसम्म भन्न थालेको खवर पनि पाइयो । अप्रिलफुल समाचार पो हो कि  ? शंका छ । लोगोथेरापीका संस्थापक सोसल डेमोक्रेटिक अभियन्ता अष्ट्रियाका नशा र मनोविज्ञान चिकित्सक भिक्टर एमिल फ्रैङ्कलको पुस्तक–मैन्स सर्च फर मिनिङ्ग (Man's Search for Meaning) सम्बन्धमा हाल सारांश जानकारी मात्र लिइयो । अहिलेको पीडादायक अवस्थामा "If there is meaning in life at all ,then there must be meaning in suffering" भन्ने उनको भनाईले मन छोयो । 

नवलपरासीका सुकुम्बासीहरुका छाप्राहरुमा प्रहरीहरुले आगो लाँउदै गोली हान्दै ३ जना मारिएको र त्यही दिन गृहमन्त्री  योगप्रसाद उपाध्याय चाहिं ३० केजीको लौका हेर्न झापा जानु भएको चर्चा चलेको बखत एक साप्ताहिक(नाम खुल्न सकेन)ले छापेको सर्वेस्वर दयाल सक्सेनाको कविता ‘गोली काण्ड’को कटिङ्ग पनि फेला पारें र छवि नै  प्रस्तुत गरेको छु :
\"\"

 माथिको कवितामा यदि  ४ जना मरेका भए र चौथोले एमसीसी भनेको थियो भने सक्सेनाले चौथो एमसीसीको …… भनेर खाली ठाँउ नेपालीलाई भर्न छोडको भए पक्षधर थियो  कि विपक्षधर ? नेपालीले कसरी खाली ठाउँ  भर्थे होला भन्ने जिज्ञासा कविता पढेपछि मेरो मनमा उठेको छ (यदि  चौथो चाहिं भए के हुन्थ्यो ? पाठक हजुरहरुकै जिम्मा)

तत्कालीन कम्युनिष्टहरु कमल रेग्मी, बाशुदेव श्रेष्ठ, शैलैन्द्र उपाध्ययाका समकालीन सिन्धुली मरिण खोलाका वामपंथी नेता कृष्णहरि  अधिकारीज्यूले मलाई विद्यार्थीकालमा पढन भनेर दिएको राहुल सांकृत्यायनका दुई  किताव ‘मानव की कहानी’ र ‘वोल्गा से गङ्गा’ अहिले फेरि पढदै छु । 

 (४) सोसल मेडिया–सामाजिक सञ्जाल–टीभी चैनल :

इन्टरनेटले विश्वलाई नै जोडेको छ । फेसबुक छ । पत्रिकाहरुको लेख र समाचारहरुको लिङ्कहरु फेसबुकमा जोडिनु भएका शुभ चिन्तकज्यूहरु तथा आदरणीय मित्रहरुबाट साझा हुने गरेका छन् । सोसल मेडिया अनुशासित भएमा ज्ञानको भण्डार पनि हुन । 'लकडाउन'मा कोरोनासम्बद्ध रमाइला भिडियो, ट्रोल, कार्टुन हेरेर पनि समय व्यतित भएको छ । 'लकडाउन'मा खटने अत्यावश्यक सेवालगायत सवै निकायका कर्मचारी, स्वास्थ्यकर्मी, फोहर उठाउने श्रमिक र पत्रकारहरुप्रति हार्दिक सम्मान व्यक्त गरियो ।
\"\"
'लकडाउन'ले पृथ्वीको मर्मत सम्भार भै रहेको भन्ने टिप्पणी र आदरणीय नोमचोम्स्कीसँगको साक्षात्कार पनि सुनियो । शाक्य अर्थात सामर्थ्य  बंशका महासम्मत नामका राजा कपिलबस्तुले नै विश्वको पहिलो निर्वाचित राजाको रुपमा दिएको–सम्राट अशोक बुद्धका नाताभित्र पर्ने–स्वस्तिक चिन्ह तथा महात्मा गान्धीका ३ बाँदर वास्तवमा बुद्धका देन भएको–सनातन अर्थात कहिले परिवर्तन गर्न नसकिने अटल धर्म बारेमा प्रमाणसहितको ज्ञान पनि सोसल मेडियामार्फत 'लकडाउन'ले प्रदान गर्यो । मेसेञ्जर बढी प्रयोग भएको देखियो । एकजना मित्रले पठाइदिनु भएको यु ट्यूवमा भएको नोए थाइथुली(Noy Thaithulee) को केही बर्ष अघिको निम्न गीतपनि सुन्ने अवसर पाइयो । 

Trump, What do you want? For I want peace in my life.

Assad, What do you want? For I want nobody to die.

Putin, What do you want? For I want this world to be bright.

Kim,What do you want? As I just want everyone smile.

Life is too short, Love is real long

Nothing belongs to anyone

Why we don’t strive for better world 

For all the people, Do you ?

Xhi, what do you want? For I want mankind to unite.

Leaders,How do you think, what will you bring when you die ?

Leaders, what do you want? For I want mankind to unite.

All Guys, How do you think, what will you bring when you die ?

अर्का मित्रले पनि पठाउनु भएको टैगौरको गितान्जलीको केही अंशको  भावपनि बुझियो । 'लकडाउन'को अनुशासन पालना गरेर सरकारलाई पूर्ण सहयोग गर्ने बाचा हरेकदिन गरिरहेको छु ।

(तस्बिर :सोसलमेडिया)(लेखक नेपाल सरकारका पूर्वमहानिर्देशक हुन् )