🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई नम्बरमा एमालेको चमत्कार, यसरी हार्यो कांग्रेस !

 दुई नम्बर प्रदेशको चुनावमा मुख्य गरी दुईटा पार्टी सफल भए । नेकपा एमाले र संघीय समाजवादी फोरम अत्याधिक सफल भएका छन् । चुनावमा वास्तविक जीत यी दुई दलले हात पारेका छन् । यो चुनावमा पराजित दल नेपाली कांग्रेस र राजपा हो । स्वतन्त्र, निष्पक्ष र वस्तुपरक विश्लेषण गर्ने हो भने यही देखिन्छ ।

कसरी एमाले सफल भयो ? एमालेको धुम्बाराही पार्टी कार्यालयको सेरोफेरो मात्र बुझेकाहरुका लागि दुई नम्बरमा एमालेले हारेको हुनसक्छ । मधेस नबुझेकाहरुका लागि पनि एमाले पराजित भएको हुनसक्छ, तर दुई नम्बरमा एमालेले शानदार जीत हासिल गरेको मान्नुपर्छ । यसका विविध कारण छन् ।

एमालेको चमत्कार
पहिलो कुरा त यो चुनाव एउटा पार्टी र अर्काे पार्टीबीच थिएन । एकजना उम्मेदवार र अर्काजना उम्मेदवारबीचको चुनाव पनि थिएन । एकातिर एमाले र बा“की सबै दल अर्कातिर भएको चुनाव थियो यो । दुई नम्बरमा कसले कति सिट ल्याउ“छ भन्नेमा प्राय कसैको ध्यान थिएन, एमालेले कति सिट ल्याउ“छ भन्नेमा ध्यान केन्द्रित थियो । कसले जित्ने भन्ने चुनाव थिएन यो, एमालेलाई कसरी हराउने भन्ने चुनाव थियो यो । घोषित रुपमा दुई नम्बर प्रदेशमा धेरै ठाउ“मा चुनावी तालमेल भएन तर अघोषित रुपमा व्यापक तालमेल भएको थियो । जसरी हुन्छ एमालेलाई हराउनमा सबै दल र शक्ति लागेका थिए । यो स्वदेशी चुनाव मात्र थिएन, दुई नम्बर प्रदेशबाट एमालेलाई बढार्नुपर्छ भन्ने शक्तिहरुको पनि परीक्षा थियो । अर्थात्, यो चुनावी मोर्चामा एमाले एक्लै थियो, बा“की एकढिक्का थिए । यस्तो अवस्थामा एमालेले यति धेरै जित्नु हार हो कि जीत ? बास्तवमा यो एमालेको जीत हो ।

दुई नम्बर प्रदेशका विभिन्न ठाउ“मा अन्तिम चुनाव परिणाम आउ“दा रमाइलो र विचित्र दृष्य देखियो । विजय जुलुसमा के देखियो भने त्यो विजय जुलुस थिएन, एमाले पराजित भएको उत्सवमा निस्किएको जुलुस थियो । जितेको खुसीमा होइन एमाले पराजित भएको खुसीमा निस्किएको जुलुस धेरै देख्न पाइयो ।

केही वर्ष यताको राजनीति नेपालबाटै एमाले उन्मूलन गर्ने भित्री डिजाइनबाट परिचालित थियो । मधेस आन्दोलन र जनजाति आन्दोलनले एमालेलाई सिध्याउन सकेन । त्यसपछि नाकावन्दी आन्दोलन सुरु गरियो । नाकावन्दीपछि एमालेविरुद्ध सम्पूर्ण शक्तिहरु एक भए । अचम्म त के भने दुई नम्बरमा एमालेलाई सभा जुलुस गर्न समेत दिइएन । एमालेले मेची महाकाली अभियान चलाउ“दा राजविराजमा जुन हिंसा मच्चाइयो, त्यो उदाहरण हेरौं । दुई नम्बर प्रदेशमा एमाले हुनु अपराध हो भनेजस्तो अवस्था सिर्जना गरिएको थियो । भयानक दुष्प्रचार गरिएको थियो । एमालेका अध्यक्ष केपी ओली र अन्य नेताहरुले मधेस र मधेसीका बारे भन्दै नभनेको कुरा भन्यो भन्दै गोयवल्स शैलीमा प्रचार गरिएको थियो । भन्नका लागि त ‘मधेस आन्दोलन’ भनिएको थियो तर त्यो एमाले विरोधी आन्दोलन थियो । यति गर्दा पनि एमालेले दुई नम्बर प्रदेशमा शानदार उपस्थिति देखायो, प्रतिस्पर्धा ग¥यो, मधेसी जनतामा एमाले ज्यँदैछ मात्र होइन बलियो छ भन्ने देखायो ।

के यो एमालेको जीत होइन ?
एमालेलाई चुनाव प्रचार नै गर्न नदिने गरी हिंसात्मक अभियान चलाइएको थियो । एमालेविरुद्ध कांग्रेस, माओवादी, मधेसवादी सबै एकढिक्का भएका थिए, एकै ठाउ“ उभिएका थिए । तैपनि एमालेलाई उनीहरुले सिध्याउन सकेनन् । एमालेविरुद्ध सबै शक्ति नमिलेका भए, एमालेविरुद्ध यति धेरै र ठूलो राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरुबाट अभियान चलाइएको थिएन भने प्रदेश नम्बर दुईमा पनि एमाले नै एक नम्बर शक्ति बन्ने रहेछ । एमालेलाई एक नम्बर शक्ति बन्न नदिएर धेरै शक्तिले एकसाथ जीते तर सबैभन्दा धेरै जित्यो एमालेले ।

किनभने एमालेलाई शून्यमा सीमित गर्ने अभियान चलाइएको थियो, त्यसको विपरीत एमाले सशक्त शक्ति बनेर उदायो । त्यसैले भन्न सकिन्छ, दुई नम्बर प्रदेशमा कसैले जित्यो भने एमालेले जित्यो । बास्तवमा एमालेले चमत्कार नै ग¥यो । यति गर्दा पनि एमालेले यो हैसियत देखायो भने केन्द्र र प्रदेशको चुनावमा एमालेले झन सशक्त हैसियत देखाउने भयो ।

राजपालाई धूलो चटाउने फोरम
दुई नम्बर प्रदेशमा अर्काे विजयी शक्ति हो संघीय समाजवादी फोरम । मधेसवादी शक्तिहरु तीन ठाउ“मा विभाजित थिए, संघीय फोरम, राजपा र फोरम लोकतान्त्रिक । यी तीनमध्ये फोरम लोकतान्त्रिकले अस्तित्व मात्र देखायो । राजपा र संघीय फोरमले राम्रै हैसियत देखाए ।

राजपा विभिन्न पार्टीहरुको एकीकरणले बनेको हो । हस्ती नेताहरुको भीड छ यसमा । जनबल र धनबल दुवैमा यसलाई निकै सशक्त मानिएको थियो । नेता र पार्टीहरुको यो भीडमा उपेन्द्र यादव नेतृत्वको फोरम मिसिन मानेन । त्यसैले फोरमलाई मधेस विरोधी शक्ति, एकता विरोधी शक्ति भन्दै राजपाले प्रचार गर्दै आइरहेको थियो । धेरै पार्टी र धेरै नेताहरु मिलेर मधेसको एकछत्र शक्ति, खासगरी दुई नम्बर प्रदेशको नम्बर एक शक्ति बन्ने ध्येय राजपाको थियो । राजपाले धूलो चाटेको छ र ऊ संघीय फोरमभन्दा पछाडि परेको छ । फोरम र राजपाले कति सिट जित्छन् भन्ने थिएन, दुईभन्दा को अगाडि आउ“छन् भन्नेमा मुख्य ध्यान थियो । यद्यपि, यी दुवै शक्ति दुई नम्बर प्रदेशमा एक नम्बर बन्न सकेनन्, तथापि राजपालाई उछिनेर फोरमले आफूलाई अग्रणी बनाएको छ । संघीय फोरमको यो ठूलो सफलता हो भने राजपाको असफलता हो ।

कठै कांग्रेस !
दुई नम्बर प्रदेशमा कांग्रेस एक नम्बर शक्ति बन्यो तर उसले बहुमत ठाउ“ जित्न सकेन, त्यतिमात्र होइन, ऊ पनि दोस्रो देखि पा“चौं शक्तिसम्मको हाराहारी शक्ति मात्र बन्न पुग्यो । ठूलो अग्रता लिन सकेन । एमालेलाई दुई नम्बर प्रदेशमा पानीखेदो ग¥यो भने आफ्नो एकछत्र राज हुन्छ भन्ने भ्रम कांग्रेसलाई थियो । एमालेको पानीखेदो गर्न कांग्रेस धेरै हदसम्म सफल पनि भयो । तर, त्यसको लाभ उसले होइन अरुले नै पाए । देशभरीको प्रतिस्पर्धी शक्ति एमालेलाई दुई नम्बर प्रदेशमा पछार्न पाए आफू अगाडि आउन सकिन्छ भन्ने कांग्रेसको विश्लेषण गलत सावित भयो ।

दुई नम्बर प्रदेशमा एमालेको पत्तासाफ गर्न सकियो भने स्थानीय चुनावमा देशभरीको समग्र विजय संख्यामा नम्बर एक पार्टी बन्न सकिन्छ र त्यसको मनोवैज्ञानिक लाभ लिन सकिन्छ भन्ने कांग्रेसलाई लागेको थियो । न कांग्रेसले दुई नम्बर प्रदेशमा बहुमत सिट जित्न सक्यो, न त देशभरीमा एक नम्बर पार्टी बन्न सक्यो । कांग्रेसको हालत चोक्टा खान गएको झोलमा डुबेर मरेको हालतमा पुगेको छ । त्यसैले दुई नम्बर प्रदेशमा एक नम्बर पार्टी बनेर पनि कांग्रेस नराम्रोसंग पराजित भएको छ ।