🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमती प्रदेशमा लागूऔषधको कारोबार बढ्दो, केन्द्रविन्दु मकवानपुर

हेटौंडा | बागमती प्रदेशमा लागूऔषध कारोबारको विकराल समस्या बढ्दो छ । चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले प्रदेशभरबाट ४ हजार ९ सय ५४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ भने कारोबारमा संलग्न १ हजार ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्लागत तथ्यांकलाई हेर्दा मकवानपुर जिल्ला लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा उदाउँदै गएको छ । यस जिल्लाबाटै चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ३ सय ९५ केजी लागूऔषध बरामद भएको छ भने १ सय ९९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसबाट स्पष्ट देखिन्छ कि मकवानपुर प्रदेशभरको सबभन्दा ठूलो लागूऔषध कारोबारको केन्द्र बनेको छ ।

लागूऔषध कारोबारमा सबैभन्दा सक्रिय अर्को जिल्लाको रुपमा चितवन देखिएको छ। चितवनबाट फागुनसम्म १ हजार १ सय १७ केजी लागूऔषध बरामद भएको छ भने १ सय ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैगरी, धादिङ जिल्लाबाट ७ सय ६० केजी लागूऔषध बरामद भई ३५ जना कारोबारी पक्राउ परेका छन्।

काठमाडौंबाट प्रहरीले १ सय ६३ केजी लागूऔषध मात्र बरामद गर्न सफल भए पनि ५१६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट केही कोकिन र पोल्याण्ड लागूऔषध पनि बरामद गरिएको छ ।

काभ्रे र भक्तपुरमा क्रमशः ३२० र १ केजी लागूऔषध बरामद गरिएको छ भने ३१ र ४७ जना पक्राउ परेका छन् । सिन्धुली र ललितपुरमा क्रमशः १६३ र ३१ केजी लागूऔषध बरामद भई २१ र ९४ जना पक्राउ परेका छन्। भक्तपुर र ललितपुरमा पनि केही मात्रामा पोल्याण्ड बरामद गरिएको छ । रामेछापबाट भने १ केजी लागूऔषध र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवा र नुवाकोटमा लागूऔषधको कारोबार भए पनि त्यहाँ यसको मात्रा भने ग्राममा गणना छ । दोलखा र सिन्धुपाल्चोकमा भने उक्त संख्या सुन्य छ । अन्य प्रदेशको तुलनामा बागमतीमा लागूऔषधको समस्या बढी देखिएको कोशी, मधेश, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका तथ्यांकले देखाउँछ । जसअनुसार कोशीमा ४ हजार ३ सय ५२ केजी, मधेशमा ४ हजार ३ सय ३१ केजी, सुदूरपश्चिममा १ सय ६३ केजी, गण्डकीमा १ सय १७ केजी, लुम्बिनीमा १ सय ११ केजी र कर्णालीमा १४ केजीमात्र लागूऔषध बरामद भएको छ। पछिल्लो ५ बर्षको तथ्यांक हेर्दा पनि बागमती प्रदेश अगाडी नै देखिन्छ । (५ वर्षमा कारोबारमा संलग्न ६ हजार २ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।)

यसरी बागमती प्रदेशभित्र विशेषगरी मकवानपुर, चितवन र धादिङलगायतका केही जिल्लाहरू लागूऔषध कारोबारको केन्द्रविन्दुको रूपमा बनेका छन् । यस प्रदेशभित्र मात्रै पनि बर्सेनि लागूऔषध कारोबारको मात्रा बढ्दै गएको देखिन्छ ।