🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लोकतान्त्रिक खेलकुद संघको कार्य सम्पादन समिति गठन, अधिवेशन असारमा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक सोमबार पार्टी मुख्यालय सानेपामा बसेको छ । संघ अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा भएको बैठकले पार्टीको केन्द्रीय समितिले निर्दिष्ट गरेको अधिवेशन सम्पन्न गर्न विभिन्न निर्णयहरू गरेको छ । 

संघको केन्द्रीय अधिवेशन असारभित्र सम्पन्न गर्ने तय गरेको छ । संघले खेलकुदको समग्र विकास र प्रवर्धनमा टेवा पु¥याउन देवेन्द्रकुमार शेरचनको नेतृत्वमा २१ जनाको कार्य सम्पादन समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष बृजेन्द्र हमाल, महासचिवद्वय सुबोध प्रधान र दीपक गुरुङ, सचिवमा मनीष जोशी, वीरबहादुर खड्का, बखतबहादुर शाही, राजुविक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल छन् ।

कार्य सम्पादन समितिका सदस्यहरूमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुबेरप्रकाश सिंह, विष्णु क्षेत्री, वेदप्रसाद वन, राम थारु, मुक्तिबाबु रेग्मी, तुलसी थापा, जनकसिंह साउद, विश्वमान गुरुङ छन् । संघको प्रवक्तामा दामोदर अर्याललाई नियुक्त गरिएको छ ।

वैशाख २१ गते संघ स्थापना दिवस हो । त्यस उपलक्ष्यमा वैशाख १४ देखि १९ गतेसम्म राष्ट्रव्यापी गणेशमानसिंह स्मृति बुद्धिचाल प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगिता गर्न कार्य सम्पादन समितिका सदस्य राजु ताम्राकारलाई संयोजकको जिम्मा दिइएको छ । त्यसैगरी २१ गते साँखुमा बृहत् रक्तदान कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले खेलकुदको क्षेत्रका भ्रातृ संगठनहरूसँग सहकार्य गरी खेलकर्मीहरूको मनोबललाई उच्च बनाउँदै सुस्तता निवारण गर्नेतर्फ पहल गर्ने निर्णय पनि गरेको छ ।