काठमाडौँ, १३ कात्तिक। प्रधानमन्त्री के.पी.शर्मा अोलीको स्वास्थ्य बारे अस्पतालले अाज कात्तिक १३ गते विहान १० बजे जारी गरेको स्वास्थ बुलेटिनमा जनाइए अनुसार, प्रमको स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकुमार श्रेष्ठका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको छातीको एक्सरे, रक्त परिक्षण, आदिको रिपोर्ट सकारात्मक पाइएकाले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।



