🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसद्बाट पारित, युक्रेनलाई ६१ विलियन सहयोग

काठमाडौं । युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसद्बाट पारित भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो । 

संसद्ले युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । त्यस्तै, संसद्ले इजरायल र अन्य देशहरूका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन् । राष्ट्रपति जो बाइडेनले सार्वजनिक अपिल गरेको दुई दिनपछि अमेरिकी संसद्को तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो । 

सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसहरूलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ ।