🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड विजयी 

काठमाडौं । सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङघमले इञ्ज्युरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो ।

प्रतिष्पर्धात्मक खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले राफिन्हाको कर्नर सटलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । लुकास भाज्क्वेजलाई डिबक्सभित्र फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । 

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै फेरी बार्सिलोनालाई अग्रता दिलाए । तर, त्यो अग्रता चार मिनेटभन्दा बढी टिक्न सकेन । ७३औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुग्यो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङघमले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । जितसँगै रियलले ३२ खेलाबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । समान खेलबाट बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।