🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेहुला जन्ती लिएर बेहुली लिन जानै लाग्दा बेहुली टाप कसेपछि….!

काभ्रे, १४ वैशाख । काभ्रेमा बिवाहको दिन  बेहुली फरार भएको खबर सार्वजनिक भएको छ । धुलिखेल नगरपालिका ३, छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकाे बताइएको छ ।

बेहुली बनेकी २६ वर्षीय मन्दिरा थापा मगरको  आज २०८१ बैशाख १४  सोही नगरको ४ नम्बर वडाका लक्ष्मण राना मगरसँग बिवाह हुँदै थियो। विवाहका लागि  बेहुला लक्ष्मण जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुने तय भएकाे थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थिए ।

जन्ती आउनु अगाडि नै बेहुली थापा मगर भने फरार भएकाे बताइन्छ । स्रोतका अनुसार,  उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएकी हुन् ।

बेहुली फरार भएपछि बेहुलीको आमा र दिदी प्रहरी नियन्त्रणमा रहेका छन् । बेहुलीको  मोबाइल समेत अफ छ । यस  बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।