🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालको समूहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, ताब्रेज शाम्शी र ट्रिस्टन स्टब्स । रिजर्भ खेलाडीमा नान्द्रे बर्गर र लुंगी एनगिडी रहेका छन् र उनीहरु टिमसँगै ट्राभल गर्ने छन् ।

दक्षिण अफ्रिका टी- २० विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा दक्षिण अफ्रिकासहित बंगलादेश, श्रीलंका, नेदरल्याण्डस र नेपाल रहेका छन् ।

दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ । दक्षिण अफ्रीका र नेपालबीचको खेल भने जुन १५ मा हुने तालिका रहेको छ ।