🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘दुर्गा’ : एक आत्म-शक्ति र साहस

 

नेपालमा देवीका मन्दिरहरु र शक्तिपीठहरु थुप्रै छन् । यी सवै देवीहरु मध्ये भवानी-दुर्गाको विशेष  स्थान छ। दुर्गा राजा-माहाराजाकी देवी हुन्, राम र रावण दुबै उनको उपासना गर्दथे । उनलाई सिंहमाथि  सवार गरेको, हातमा थुप्रै अस्त्र-शस्त्र धारण गरेको र महिषासुरसंग लड्दै गरेको देखाइन्छ। आम नेपाली हिन्दूहरुको माहान चाड बडा दशैं यिनै दुर्गा भवानीका लागिसमर्पित छ, नवरात्र भरी नौ स्वरुपहरु: शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्रीको विशेष पूजा र आराधाना गरिन्छ।

दुर्गालाई विजयको प्रतिक पनि मानिन्छ। ‘दुर्गा’ शव्दको अर्थ बुझ्नका लागि पहिला ‘दुर्गम’ शब्दलाई बुझ्नु पर्दछ। ‘दुर्गम’ शब्द ‘दुर्’ र ‘गम्’ शब्दको समिश्रणवाट बनेको हो जस्को अर्थ पार लगाउन निकै कठिन(दुर्गम) गन्तव्य या लक्ष; र यो कठिन(दुर्गम) गन्तव्य या लक्षलाई पार लगाउन सक्ने अर्थात ‘दुर्गा’। यसै शब्दवाट ‘दुर्ग’ अर्थात किला: (fortress) भन्ने शब्द पनि बनेको छ, दुर्ग (वा किला:) शत्रुको आक्रमणवाट सुरक्षा गर्नका लागि अग्लो पर्खालले घेरिएको ठाउँलाई भनिन्छ । दुर्गाको अर्को नाम ‘शक्ति’ पनि हो। त्यसैले दुर्गा भनेको यस्तो व्यक्ति जो पार लगाउन निकै कठिन गन्तव्य या लक्षमा पुग्न सफल हुन्छ, जो शाक्तिशालि छ। ‘दुर्गा’लाई पुरानो धार्मिक परम्परा अनुसार पूजा-अर्चना र वली चढाउनेमा मात्र सीमित राख्न पनि सकिन्छ वा सांकेतिक अर्थमा बुझेर आधुनिक संदर्भमा पनि लिन सकिन्छ। ‘दुर्गा’, त्यसैले आजको चुनौतीहरुले भरिएको संसारको सामना गर्न, हामीले आफैले निर्माण गर्न सक्ने एक ‘साहस’ को पर्खाल हो जसले हामीलाई ती चुनौतीहरु सामना गर्न र यसवाट पार लगाउन ‘आत्म-शक्ति’ प्रदान गर्छ।

नेपालको राजनीतिक वेथिती, राज्य संयन्त्र र विकास-निर्माणलाई नियन्त्रणमा लिएको माफियातन्त्रले आम जनसमुदायको वारम्वार खिसि उडाउने र निरीह   बनाउने काम गरिरहेको छ, स्वतन्त्रता निमोठी  रहेको छ। युवा जमातको पलायन, अशिक्षा र गरिबीले देश महिषासुुरले आक्रमण गरे जस्तै घायल बनेको छ। सरकारका “युवा शक्तिको सशक्तिकरण, दुई अंके विकास र समावेशी  लोकतन्त्र” का नारा व्यवहारमा लागु हुन सकेका छैनन्; व्यानर, पोष्टर र वजेट भाषणमा नै सीमित छन्।

विकास र राज्य संयन्त्र संचालनका प्रकृया हेरौं:

विकासको बजेट राजनीतिक दलको वा खास नेताको खास मतलव हेरेर खास योजना र खास जिल्लाका लागि छुट्टयाइन्छ। साना देखि ठूला टेण्डर त खुल्छन् ‘खुला प्रतियोगिता’ भनेर देखाउनका लागि; तर माफियातन्त्रभन्दा वाहिरकाले कहिल्यै टेण्डर हात पार्दैनन्। वर्षभरी वजेट अनुसार खासै कुनै काम हुदैन अनि वजेट सकाउन जेठ-असारमासा राता-रात हातरमा सडक खन्ने वा विजुलीको पोल गाड्ने वा ढल खन्नेलगायतका काम सुरु हुन्छन् । सरकारी  जागिर होस्, मेडिकल कलेजमा भर्ना होस् वा इजरायल वा जापान जस्ता अलिक राम्रा मुलुकमा कामदारका रुपमा जान होस् भन-सुन नगरी केही  काम हुंदैन वा घुस नै दिनु पर्ने हुन्छ। ठूला राजनैतिक दल अर्को दलको सरकारलाई गिराउने र आफू सरकारमा जाने तथा जसरी भए पनि आफ्नो सरकार टिकाई राख्नमा केन्द्रित छन्, साना राजनैतिक दलहरु “गतिलो” मन्त्रालय सहित सरकारमा जाने “लविङ्ग” गर्छन्, यतिले पनि नभए आफ्नै दल फुटाएर पनि सरकारमा जाने ध्याउन्नमा लागिरहेका हुन्छन्। चुनावको बेलामा गरेका वाचाहरु र घोषणा पत्रका ठूला-ठूला नाराहरु त अर्को चुनाव नहुन्जेलसम्मका लागि पार्टी कार्यलयको पुरानो दराजमा थन्किसकेका हुन्छन्। शिक्षाको हालत त्यस्तै छ, पढाई पूरा गरे पनि व्यवहारिक र व्यवसायिक दुनियामा कुनै काम लाग्दैन, कुनै काम पाईदैन यस्ता डिग्री  देखाएर । सरकारसंग रोजगारी  सृजना गर्ने कुनै नीति र कार्यक्रम त छैन, रेमिटेन्सको हिसाव भने खुसी  साथ वार्षिक प्रेतिवेदनामा हाइलाइट गरिएको हुन्छ। विरामी  भए, दुर्गमका र पैसा नहुने जनताले पशुपतिनाथ कै भरोषामा बाँच्नु परेको हुन्छ।

भनिरहनु पर्दैन कि आम जनता कति दिक्क छन् भनेर। केही  ‘हुने-खाने’ युवाहरु आफ्नो दिक्दारी  र आक्रोष फेसबुकलागायत सामाजिक सञ्जानमा पोख्छन्। ‘हुंदा-खाने’ युवाहरु भने “यो देशमा वसेर गरी-खान पाईदैन” भन्दै दिक्दार, निराश र निरीह: भएर मलेशिया, अरवलगायत देशमा पलायन हुन्छन् , “ज्यान-फालेर” मजदूरी गर्न। बाँचेर फर्के “अति नै भाग्यमानी ”, लाश फर्के “ठीकै भाग्यमानी ”, लाश पनि नफर्के “अभागीरै'छ” भन्छन् गाउँलेहरु ।

सरकारले समयमा बाँध बनाउंदैन वा विदेशीले बनाइदिएको बाँधको पनि समयमा उचित मर्मत गर्दैन, वाढी-पहिरो आए पछि भने अलि अलि राहत छर्ने काम गर्छ, लोकलाजले, त्यो पनि विदेशीको मुख ताकेेर। बर्षेनी नयाँ  सरकार बन्छ, संपूर्ण चिन्ता कसरी  भारत र चाइनालाई “व्यालेन्समा” राख्ने भन्ने मै जान्छ, ताकि आफ्नो सरकार उत्तर वा दक्षिणका राहु वा केतुको वक्रदृष्टि परी अकालमै मृत्यू शैयामा पुग्नु नपरोस् भनेर। जनाताको सुख सुबिधा र देश विकासको चिन्ता प्राथमिकतामा नै छैनन्, भाषण जति सुकै चर्का गरे पनि।

जागरुक जन-नेताहरु, सक्षम नागरिक समाज र जिम्मेवार सञ्चार माध्यमहरु यो ‘देशको वारम्वार खिसिउडाउने र जनतालाई वारम्वार निरीह बनाउने’ संयन्त्र र वातावरणको विरुद्ध सजग र कृयाशील हुनुपर्ने हो। जनताको दिक्दारी र पुन-पुन नि-शक्तिकरणको विरोध गर्न जनतालाई सुशुचित र उत्साहित पार्नु पर्ने हो। जनतालाई “दुर्गा” अर्थात ‘आत्म-शक्ति र साहस’ दिनु पर्ने हो, “उठ ! आफ्नो स-शक्तिकरण गर्दै यो दुर्गति, अविकास र गरिबी  जस्तो मुश्किल यात्रा पार लागाउनका लागि, महिषासुर जस्ता असुरहरुको सामना गर्नका लागि ‘दुर्गा’ बनेर उठ !, शक्ति बनेर ऊठ !, हामी तिम्रा हतियार बन्न तयार छौं” भन्दै।

यस पटको दशैंमा सवै नेपालीहरु आ-आफ्नो आत्म-चेतनामा “दुर्गा” अर्थात ‘आत्म-शक्ति र साहस’ जगाउन सफल होउन्, सवैमा वडा दशैं २०७४ को शुभ-कामना !

धन्यवाद, नमस्ते!