🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशको अखण्डतामाथि बाह्य शक्तिद्वारा प्रहार भयो –पूर्व महाराज ज्ञानेन्द्र शाह

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,
समस्त नेपालीजनको महान चाड विजया दशमीको उपलक्ष्यमा हामी देशभित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्दछौं ।

पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी सम्वृद्धिको यात्रामा अगामि बढ्न सक्छौं । तर देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पूरा हून नसकेकोमा हामी दुःखी छौं ।

राष्ट्रिय स्वाभिमानसहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेत राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही  बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुँदैं आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुदै होइन ।

त्यसैले, एकातिर सबैको सामुहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गुम्ने र सम्वृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनु  परेको छ ।

मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भीर  बन्नु  परेको छ । राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं ।

राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनु  देशका लागि शुभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनीति  हनु आवश्यक भइसकेको छ ।

दुरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत खोज्न हिचकिचाउनुलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पुर्याउछ  ? पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनु पर्ने जुन परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ?

यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदारहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरी  तर्कन खोजेको अनुभूति  हामीले गरेका छौं, ।
श्री नवदुर्गा भवानीले सबैको रक्षा गरुन् , नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस् , यही मेरो कामना छ ।  जय नेपाल ।