🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

काठमाडौं । हलिउड चर्चित फिल्म ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् ।

बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन् । ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको छ । हामीले सन् १९७४ मा रिलिज विली रसेलको शो ‘जोन पल जर्ज रिंगो एण्ड बर्ट’मा सँगै काम गरेका थियौं । उनी कमालका अभिनेता थिए ।

उनलाई भेट्न र उनीसँग काम गर्न पाउनु सम्मानको कुरा थियो । भगवानले तिम्रो आत्मालाई शान्ति देउन’, उनले लेखेकी छन् । बर्नार्डको निधन के कारणले भएको भन्ने पुष्टि हुन सकेको छैन ।

बर्नार्डले फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जे स्मिथको भूमिका निभाएका थिए । उनले फिल्मका अलावा टेलिभिजन सिरियल र थिएटरमा धेरै काम गरेका थिए ।