🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अल हिलालले जित्यो साउदी लिगको उपाधि

काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी  अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलाल यस सिजनमा अपराजित रहँदै ३१ खेलमा ८९ अंक हासिल गरेको छ । अल हिलालले आफ्नो ३१ खेलमा २९ जित र २ बराबरी खेलेको छ । अल हिलालले यस सिजनको लिग ३ खेल अघि नै जितेको छ ।

दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा १२ अंकले पछि रहेको छ ।

यो अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले ९-९ पटक लिगको उपाधि जितेका छन् ।