🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

परासी, २४ कात्तिक (रासस) : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । 

बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ । 

कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०/३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो । कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पु¥याएकामा अस्पतालले राति नै मृत घोषणा गरेको थियो । उनको टाउकामा गहिरो चोट लागेको थियो ।

अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६/१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए  । उनको पनि टाउकामा चोट लागेको थियो । 

कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ । के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही दिन नौजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

सोधपुछपछि छजनालाई सोही दिन छोडिएको र बाँकी तीनजनासहित थप पाँचजनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए  । अहिले प्रहरी नियन्त्रणमा आठजना रहेका छन् । 
––– 
–––