🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ  दाऊपेच खेल्दै नेकपाका अध्यक्ष प्रचण्ड 

काठमाडौं  । पूर्वएमाले नेताहरुलाई साथ लिन खोजिरहेका नेकपाका अध्यक्ष प्रचण्ड विभिन्न आश्वासन दिइरहेका छन् । केहीको त्यस्तै संकेत पनि देखिएको स्रोत  बताउछ । काठमाडौं निर्वाचन क्षेत्र– ७ का सांसद रामवीर मानन्धरलाई हात लिइसकेका प्रचण्डले अरु युवा नेतालाई आँखा लगाएका छन् । विगतमा ओली निकट बनेर चिनिएका मानन्धर अहिले प्रचण्डको खास मान्छे भएका छन् । यता माधव नेपाल गुटका सक्रिय युवा नेता योगेश भट्टराईलगायतका नेताहरुलाई पनि साथ लिन प्रचण्ड लागि परेको स्रोत बताउछ ।

  त्यसको संकेत भने दशैं अगाडि नै प्रचण्डले दिएका थिए । भट्टराईको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीले मन्त्री नबनाए पनि आफ्नो सहयोगले मन्त्री बनाउने भनेर भाषण गरिदिए । अहिले जनसम्पर्क राम्रो भएका पूर्वएमाले नेताहरुलाई प्रचण्डले हात लिन खोजेका छन् ।

प्रभाव गतिलो भएका जनवर्गीय संगठनको नेतृत्व सके आफ्नो मान्छे नसके आफूले प्रभावित गर्न सकिने युवा नेतालाई बनाउने कसरतमा लागेका छन् । प्रचण्डको यही रणनीतिक कारण युवा र विद्यार्थी संगठनको एकतामा समस्या देखिएका नेकपाभित्र चर्चा छ । 

सुरुको चरणमा अध्यक्ष केपी ओली र प्रचण्डले निर्णय गर्दा सबैले स्वीकार गर्दै आएका थिए । एकीकरणको प्रक्रिया सहज पनि बन्दै गएको थियो । तर, अहिले एकाएक यो प्रक्रियालाई लम्ब्याउने काम भइरहेको छ । यसो हुनुमा तत्लो तहका नेताहरुको पदीय आकांक्षा भन्दा ओली र प्रचण्डको रणनीतिले काम गरेको नेकपाका नेताहरुले टिप्पणी गर्न थालेका छन् । अहिले प्रचण्ड पार्टीका संंगठनहरु एकता गराउने हतारोमा देखिएका छैनन् ।

खासगरी भारत भ्रमणमा गएपछि प्रचण्डको रणनीति परिवर्तन भएको आंकलन गरिएको छ । प्रचण्डको सुझावपछि नै विद्यार्थी र युवा संगठनको एकता अन्योलमा परेको छ । दुवै संगठनमा  प्रचण्ड निकटका युवाहरु ती संगठनको नेतृत्वका लागि दावेदार छन् । 

 विद्यार्थी संगठन अनेरास्ववियूका लागि पूर्वमाओवादी माओवादीबाट वर्षमान पुननिकट रञ्जित तामाङले दावी गरिरहेका छन् भने युवा संगठनमा प्रचण्डनिकट मानिएका रामप्रसाद सापकोटा दीपशिखा दावेदार छन् । दुवै संगठन नपाउने तर दुवैमा आपूmनिकटका युवा नेता दाबेदार भएपछि प्रचण्ड ती संगठनलाई मिलाउन हतारो गरिरहेका छैनन् । सचिवालयमा कार्यदलका प्रतिवेदन थन्काएर राखिएको छ । 

खासगरी प्रचण्ड भारत भ्रमणलगत्तै चीन भ्रमणमा गएपछि चीन सरकारले महत्व नदिएपछि प्रचण्ड प्रधानमन्त्री केपी ओलीप्रति बढी नै सशंकित रहेको ठहर नेकपाका नेताहरु चर्चा गर्दछन् । राष्ट्रपति सी जिनफिङसंग भेट हुन नसक्नुमा प्रधानमन्त्री ओली निकटले प्रचण्डको सन्दर्भमा एउटै देशमा दुईजना नेता एकैपटक हुनु हुँदैन भन्ने सन्देश पु¥याएकोले आफू कर्नरमा परेको बुझाइमा प्रचण्ड रहेका छन् । यो सन्दर्भ प्रचण्डले आफू निकटसंग भन्ने पनि गरेका छन् । अहिले प्रचण्ड प्रधानमन्त्री ओलीलाई छोड्न पनि नसक्ने र साथ लिएर हिंड्न पनि नसक्ने अवस्थामा देखिएको स्रोत  बताउछ ।