🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रकको ठक्करले घाइते पैदलयात्रीको मृत्यु 

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ट्रकको ठक्करबाट घाइते एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

बिहीबार दिउँसो करिब १ः५० बजेको समयमा अन्नपूर्ण–१ को नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्री स्थानीय ७० वर्षीय दुर्गाप्रसाद दाहाललाई ठक्कर दिएको थियो ।  

गम्भीर घाइते दाहालको पोखराको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । ट्रक र ट्रक चालक धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३५ वर्षीय ३५ लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको शर्माले जानकारी दिए । 

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।