🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासंघको शनिबारका लागि तय भएको निर्वाचन स्थगित 

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७औँ महाधिवेशनको निर्वाचन आज (शनिबार) का लागि तोकिएको थियो ।  

आजको निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् । 

शुक्रबार एक सूचना जारी गर्दै पोखरेलले भनेका छन्, ‘यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’

महासंघको मतदाता नामावलीका विषयमा विवाद भएपछि महासंघमा आवद्ध विभिन्न पत्रकार संघ संस्थाले केन्द्र देखि जिल्ला सम्मका महासंघका कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले सूचनामार्फत आग्रह गरेका छन् । 

\"\"