🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आईसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौँ । जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज समूह 'सी' अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् । ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि सुरू हुने छ ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना सुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ । वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब सुरुवात गरेको छ ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ । त्यस्तै २ खेल बिना नतिजा सकिएका छन् ।

त्यस्तै आज अर्को खेल समूह 'डी' अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुँदैछ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरु हुनेछ ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ । यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

यस समूहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।