🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फरहान अख्तर भन्छन्- अब डन-३ र \’जी ले जरा\’ दुवै फिल्म हेर्न पाउनुहुन्छ

काठमाडौँ । बलिवुडको सुपरहिट फिल्म डनको तेस्रो सिरिजको सुटिङ २०२५ मा सुरु हुने भएको छ । निर्माता निर्देशक फरहान अख्तरले रणवीर सिंह र कियारा आडवाणी स्टारर फिल्म डन- ३ को सुटिङ २०२५ मा सुरु हुने पुष्टि गरेका हुन् ।

त्यस्तै फरहानले कट्रिना कैफ, प्रियंका चोपडा र आलिया भट्ट स्टारर फिल्म 'जी ले जरा' को निर्देशन आफैले गर्ने र छिटो सुटिंग सुरु गर्ने बताएका छन् । फरहानले भनेका छन्– 'हामी अर्को वर्ष फिल्म डन ३ को सुटिङ गर्नेछौँ । म आफै पनि यसको प्रतिक्षामा छु । फिल्म जी ले जराको घोषणा पनि गरिसकेका छौं । यसको निर्देशन पनि म गर्छु ।' फरहानले फिल्मको सुटिङ मिति भने खुलाएका छैनन् । यसमा उनले भने- 'यो मेरो डेटको कुरा मात्र होइन । परियोजनामा धेरै व्यक्ति संलग्न छन् । मिति तय गर्नु सबैको लागि महत्त्वपूर्ण छ ।'

निर्देशकको हैसियतले मेरा यी दुई फिल्म पक्कै हेर्नुहुन्छ भन्ने पक्का छ । अगस्ट २०२३ मा, फरहान अख्तरले फिल्म डन ३ मा शाहरुख खानको स्थानमा रणवीर सिंहलाई कास्ट गरेको खुलासा गरेका थिए । त्यस्तै फिल्ममा अभिनेत्री कियारा आडवाणीको नाम मुख्य अभिनेत्रीको रुपमा सार्बजनिक गरिएको छ । अमिताभ बच्चन स्टारर डन सन् १९७८ मा रिलिज भएको थियो भने शाहरुख खानको मुख्य भूमिकामा यसको दोस्रो संस्करण सन् २००६ मा रिलिज भएको थियो ।

त्यस्तै फरहानले फिल्म जी ले जराको २०२१ मा घोषणा गरेपानि अहिलेसम्म निर्माण सुरु भएको छैन । यो फिल्ममा तीन युवतीको रोड ट्रिपको कथा हुनेछ, जसलाई फरहान अख्तरले निर्देशन गर्नेछन् । फिल्म जोया अख्तरले लेखेकी हुन् । यसको निर्माता रीमा कागती, जोया अख्तर, रितेश सिधवानी र फरहान अख्तर छन् ।