🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट राेक्न प्रचण्डका अनेक दाउपेच

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको गठबन्धन भत्काउन नयाँ तुरुप प्रयोग गर्न खोजेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएर असफल भए संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार बन्ने प्रचण्ड र उनीनिकट नेताहरुले व्याख्या गर्ने गरेका छन् ।

अहिले प्रचण्ड संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार बनेको सरकारका प्रधामनन्त्री हुन् । उपधारा २ अनुसार बनेको सरकारले विश्वासको मत नपाए उपधारा ३ अनुसार सरकार बन्ने तर्क प्रचण्डले गरेका छन् ।

 स्रोतहरुका अनुसार प्रचण्डले सर्वोच्च अदालतको व्याख्यालाई समेत आधार मानेर उक्त तर्क राष्टपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवालाई सुनाइसकेका छन् । एमाले र कांग्रेस सुरुमा सोही कुराबाट पिरोलिएका पनि थिए । सहमतिमा हस्ताक्षर हुनुभन्दाअघि यो विषयमा लामो छलफल भएको थियो ।  

   स्रोतका अनुसार, राष्ट्रपति पौडेलले उपधारा २ अनुसारा सरकार बनाउन आव्हान गर्ने बताएपछि हस्ताक्षर भएको थियो । उपधारा २ अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाए उपधारा ३ मा जाने भन्ने तर्क मान्ने हो भने कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न बाटो खुल्छ ।

संसदको ठूलो दलको हैसियतमा उपधारा ३ अनुसार सरकार बनाउन देउवालाई बाटो खाेल्नेछ । तर, उक्त कुरामा देउवाले भने सहमति जनाएका छैनन् ।

  स्रोतका अनुसार, प्रचण्डको उक्त तर्कलाई गम्भीरतापूर्वक  नलिएको र फेरि मिलेर जाने कुरामा असहमत रहेको बताइसकेका छन् ।

त्यसो त, प्रचण्डले देउवालाई राष्ट्रिय सहमतिको सरकार बनाउने भए आफै अगाडि सर्न पनि प्रस्ताव गरेका छन् । संसदको ठूलो दलको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने तर्क माओवादी केन्द्रका नेताहरुले गरेका छन् ।

    तर, परिस्थिति त्यस्तो नभएको र उपधारा २ अनुसार सरकार बनेको अवस्थामात्रै उपधारा ३ मा ओर्लिने व्यवस्था भएकोले प्रचण्डको तर्क गलत भएको विचार  पनि नेताहरुले गरेका छन् । अहिले प्रचण्ड सकेसम्म ओलीलाई रोक्न पाए हुने भन्नेमा अगाडि देखिएका छन् ।