चीनको एउटा कम्पनीको म्यानेजरले कर्मचारीमाथि असह्य अत्याचार गरेपछि जेलको हावा खानुपरेको छ । खबरका अनुसार, कम्पनीले दिएको टार्गेट पूरा गर्न नसकेपछि चीनको जुन्यी कम्पनीका कर्मचारीहरू पिसाब पिउन, किरा खान, तथा कुटाइ खान बाध्य बनेका छन् । बिक्रीको टार्गेट पूरा गर्न नसकेपछि उनीहरूले यस्तो व्यवहार भोग्नु परेको हो । यतिमात्र नभई उनीहरूलाई अनेक किसिमका पीडाहरू दिनेगरेको बताइएको छ ।
जुन्यी प्रहरीले उक्त कम्पनीको तीनजना म्यानेजरलाई १० दिनको र अन्य म्यानेजरलाई ५ दिनको जेल सजाय सुनाएको छ । कम्पनीमा कर्मचारीले कुटाई खाँदै गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो । दुई महिनादेखि आपूmले गरेको कामको तलब नपाएकोले आपूmले त्यहाँबाट काम छोड्न नसकेको समेत एकजना कर्मचारीले गुनासो गरेका थिए । यदि जागिर छाडेमा पैसा नपाउने धम्की दिएकाले काम छोड्न नसकेको ती कर्मचारीको गुनासो छ ।




