🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वप्रकाश शर्मा भन्छन्ः भष्ट्राचारमा सामेल सबै कांग्रेसलाई कारवाही हुनुपर्छ

काठमाडौं ।  नेपाली  कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारवाही गनुपर्ने बताएका हुन् ।  

उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कली भुटानी  शरणार्थी प्रकरण  र  अर्को गिरिबन्धु जग्गा प्रकरण । गरिमामय  संसदमा उभिएर म कसैलाई  दोषी ठहर्याउन चाँहदैन र  कसैलाई  निर्दोष करार गर्न  पनि चाहन्न । केवल यति मात्र भन्न चाहन्छु देशको मुहार फेर्न संकल्प लिएर खुलेका दलहरु हुन् कांग्रेस  र एमाले । यी दलहरुले  सरकारको  नेतृत्व  गरिरहेको बेला  प्रधानमन्त्रीकै  शब्दलाई  सापट  लिएर  भन्न चाहन्छु–इमान्दार  भएर सबैको  अनुसन्धान हुनुपर्छ, । अनुसन्धानले  हामी आफैंमाथि  प्रश्न  खडा हुन सक्छ । त्यसका लागि अनुसन्धानको  दायरामा उभिन तयार छौं । अरुमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ तर गार्हो हुन्छ आफूमाथि अनुसन्धान गर्दा । तर आज म यो जिम्मेवार संसदमा उभिएर गिरिबन्धु जग्गाको ७० प्रतिशत जग्गा कांग्रेसले  बेचेर  खाएको  हो भन्ने  आरोप  छ । तर यो प्रकरणमा कांग्रेसका को व्यक्ति हुन हो छानविनको दायरामा ल्याओस ।’

साथै उनले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् ।  गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन् ।

उनले हवाइ र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।

‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन्,’ उनले भने, ‘यसबीचमा चौतर्फी रुपमा ध्यानाकार्षण नागरिक पंक्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो तर, न हामीले आधा झण्डा झुकायौं न कुनै शोकको घोषणा गर्यौं । म कामना गर्छु– आगामी दिनमा हवाइ होस्, या सडक होस्, यो प्रकृतिका दुर्घटनाहरु सुन्न नपरोस् । दुर्घटना भइहाल्यो भने राज्यले गर्ने व्यवहारमा एकरुपता कायम हुन सकोस् ।’