🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश सरकार बनाउन गठबन्धनमा विवाद, घर झगडा पनि चर्किंदै

 कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई प्रदेश सरकार गठनमा संकट छाएको छ । केही प्रदेशमा एमाले र कांग्रेसको कुरा नमिल्दा समस्या भएको छ भने केही प्रदेशमा कांग्रेसभित्रको किचलोका कारण समस्या उत्पन्न भएको कांग्रेस स्राेत बताउछ । गण्डकी प्रदेशमा त एमाले र कांग्रेसवीचमा नै  विवाद खडा भएको छ ।

   मुख्यमन्त्री सुरेन्द्र पाण्डे अहिले एमालेलाई सरकार ल्याउने मनसायमा देखिएका छैनन् । पाण्डेले एमालेसँग सत्ता सहकार्यका लागि छलफल पनि गरेका छैनन् । बरु, उनी छलफल टारेर साताव्यापी दिल्ली भ्रमणमा निस्केका छन् ।

एमाले नभएपनि सरकारको बहुमतमा रहेका मुख्यमन्त्री पाण्डे सत्ता जोगाउन विगतमा साथ दिएका दीपक मनांगे र फडिन्द्र देवकोटालाई छोड्न चाहिरहेका छैनन् । उनीहरुलाई नछोडी एमालेसँग सत्ता सहकार्य हुने संभावना पनि कम रहेको छ ।

  दीपक मनांगे र फडिन्द्र देवकोटालाई हरुलाई नहटाउने हो भने मन्त्रालय भागबण्डामा समस्या हुनेछ । त्यसैले अहिलेसम्म गण्डकी समस्या आएको हाे । यता, कर्णाली प्रदेशमा कांग्रेसभित्रै समस्या उत्पन्न भएको छ ।

   सभापति शेरबहादुर देउवाको एउटा लाइन र उपसपभापति पूर्णबहादुर खड्काको अर्को लाइनमा कारणले पनि समस्या पैदा भएको हाे । अर्कातिर उक्त प्रदेशमा कांग्रेसको संसदीय दलको नेता पनि छैनन् ।

देउवाले केन्द्रीय सदस्य रहेका राजीवविक्रम शाह र जानकी सिंहलाई मन्त्री बनाउन खोजिरहेका छन् भने खड्का उनीहरुलाई रोक्नुपर्ने लाइनमा देखिएका छन् ।

  शेखर कोइराला समूहले पनि कर्णालीमा एउटा मन्त्रालय पाउने सहमति भइसकेको छ । तर, कांग्रेसका अन्य मन्त्रीको टुंगो लाग्न नसक्दा एकसाता देखि कर्णाली सरकार गठनमा समस्या आएको छ ।

   यता, लुम्बिनीमा पनि विवाद त्यसरी नै बल्झिरहेको छ । लुम्बिनीमा जन्मजाय तिमिल्सिनालाई मन्त्री नबनाउने तर विवादास्पद बादशाह कुर्मी र रोज राणालाई मन्त्री बनाउने कांग्रेसको निर्णय पछि विवाद भइरहेको छ । बागमती पनि अर्थमन्त्री भइकेका प्रभात तामाङलाई शपथ नखाँदै हटाएर हरिप्रभा खड्गीलाई भित्र्याएपछि झन् समस्या भएको छ  ।

   विवाद चरम देखिएको बागमतीमा कांग्रेसलाई साम्य पार्न सजिलो भने देखिएको छैन । यता, विवादकै कारण कोशी प्रदेशमा पनि सरकार जान सकेको छैन । २०८१ साउन १४ गते सोमबारसम्म मन्त्री पठाउने गरी कांग्रेस र एमालेवीच सहमति भएको भएपनि कांग्रेसले मन्त्री बन्नेको सूची तयार गर्न सकेको छैन ।

त्यहाँ पनि मन्त्रीका आकांक्षी बढी भएको र संसदीय दलको नेता उद्धव थापासँग अन्य सांसदहरुको विवादका कारणले सहमति जुटाउन सकिरहेको छैन ।

 हुन त, सुदूरपश्चिममा पनि कांग्रेस र एमालेको लफडा मिलेको छैन । मुख्यमन्त्री दीर्घ सोडारीलाई हटाउन विशेष अधिवेशन त बोलाएका छन् तर भागबण्डामा भने सहमति जुटेको छैन ।