काठमाडौँ । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
(याे लिंक पनि पढाैं)
|
रथी सिग्देलको उमेर सम्बन्धमा कुनै कैफियत नरहेको सेनाको प्रष्टोक्ति |
|
| चौतर्फी विरोधमा रमिते सेनाले बल्ल मुख खोल्यो : भावी प्रधान सेनापतिका विरोधी सबै परास्त |
२०८१ साउन १४ गते सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले नेपाली सेनाका रथी सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापति(महारथी)मा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री शर्माको तीन वर्षे कार्यकाल आगामी २०८१ भदौ २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडि २०८१ साउन २५ देखि विदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको हो ।



