संयुक्त राज्य अमेरिकाको शोधकर्ताहरूले महिलाहरूले फल तथा सब्जीहरूको अधिक खपत गरेमा मुत्राशय क्यान्सरको जोखिम एकदमै कम हुने निष्कर्ष एक अनुसन्धानबाट निकालेका छन् । सिन्हुआ समाचार एजेन्सीले जानकारी दिए अनुसार, शोधकर्ताहरूले करीब २ लाख वयस्कहरूमा १२ बर्ष ६ महिनाबीचको जर्नल आफ न्यूट्रिशनको आंकडाबाट गरेको विश्लेषण अनुसार यो कुरा खुलासा गरेका हुन् । हवाई विश्वविद्यालयका विद्यार्थीेहरूले यस सम्बन्धी आंकडाको विश्लेषण गरेका थिए ।
शोधकर्ताहरूले जुन महिलाहरूले तरकारी तथा फलपूmलहरूको अधिक प्रयोग गरेका थिए उनीहरूमा मुत्राशयको क्यान्सरको समस्या र खतरा एकदमै कम देखिएको थियो । अन्य महिलाहरूमा भन्दा हरियो सागसब्जी तथा फलपूmलहरूको सेवन गर्ने महिलाहरूमा यस क्यान्सरको सम्भावना ५२ प्रतिशत कम देखिएको थियो । अध्ययनले मुत्राशयको क्यान्सरको जोखिम कम गर्न महिलाहरूले भिटामिन ए, सी तथा ई को सेवन गर्न सुझाव दिएका छन् । अध्ययनमा सब्जी तथा फलपूmल र पुरुषबीच भने कुनै सम्बन्ध नभएको देखिएको थियो ।



