🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाँच वर्षीय  बालिकामाथि सामूहिक बलात्कारको प्रयास

बुटवल, २२  मङ्सिर (रासस) ः रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि मङ्सिर २१ गते  बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । 

बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए  । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिए  । पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उनले जानकारी दिए  । 

पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताए  । बालिका बेलुका घरमा नदेखेपछि बाजेले खोज्दै जाँदा केही पर पक्राउ परेका युवकसँगै चिच्याइरहेको अवस्थामा फेला परेको स्थानीयको भनाइ उद्धृत गर्दै नगर प्रमुख केसीले जानकारी दिए  । 
–––