🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने अवस्था बनेन् : पहारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय इन्चार्ज राजिव पहारीले राज्यले नीतिगत तहमा सहजीकरण गरेर युवालाई स्वदेशमै राख्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा उनले पुरानो नीति तथा योजनाहरुका कारण देशमै बसेर काम गर्ने वातावरण नभएको भन्दै यसलाई सहजीकरण गर्नुपर्ने बताए ।

उनले भने, ‘नीतिमा कतिपय कुराहरु परिवर्तन गर्नुपर्ने छ । पूरानो खालको नीति योजनाहरुको कारणले गर्दा देशमै बसेर काम गरौं भन्ने खालको अवस्था छैन् । यसकारण राज्यले नीतिगत तहमा पनि यसलाई सहजीकरण गर्नुपर्छ । युवालाई स्वदेशमै राख्ने खालको अवस्था पनि सिर्जना गर्नुपर्छ ।’

यसका साथै उनले मुलुकको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, भ्रष्टाचार र बेरोजगारी भएको भन्दै यसको अन्त्य तर्फ लाग्नुपर्ने बताए ।

उनले भने, ‘मुलुकको सबैभन्दा ठूलो समस्या भनेको गरिबी, भ्रष्टाचार, बेरोजगारी हो । त्यसलाई अन्त्य गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने मुख्य उद्देश्य हो ।’