🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ताप्लेजुङ गोल्डकप : मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, ५ भदौ : ताप्लेजुङमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई एक शून्य गोल अन्तरले पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

सगरमाथाको जीतका लागि खेलको १९औँ मिनेटमा सुशील राईले गरेको गोल नै निर्णायक बन्यो । योसँगै भदौ ७ गते हुने पहिलो सेमिफाइनलको खेलमा सगरमाथाले घरेलु टिम सङ्घर्ष स्पोटिङ क्लब फुङलिङसँग खेल्ने छ । क्लबले यसअघि भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढीलाई ७–५ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । 

बुटवल लुम्बिनी एफसी ४ विदेशी खेलाडीलाई टिममा समावेश गरी मैदानमा उत्रिएको थियो । सुरुआती समयदेखि नै दबाबमा परेको बुटवलले अन्तिम समयमा निक्कै संघर्ष गरे पनि गोल फर्काउन सकेन । यसैबीच आजको खेलमा सगरमाथा युथ क्लबका कप्तान अशोक खवास म्यान अफ द म्याच बन्नुभएको छ । उहाँले नगद ५ हजार रुपैँया प्राप्त गर्नुभयो । 

यसैबीच बिहीबार क्वाटर फाइनलको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र विर्तामोड युनाइटेड फुटबल क्लब झापाबीच २ः३० बजे खेल हुनेछ । ताप्लेजुङको खेल मैदानमा आर्मी पहिलोपटक भरत खवास, नवयुग श्रेष्ठसहितका खेलाडी लिएर मैदानमा उत्रिदैछ । 

भदौ १० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद रु पाँच लाख पाँच सय ५५, उपविजेताले नगद रु दुई लाख ५० हजार पाँच सय ५५ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा प्रतियोगिताको आयोजना गरेको हो । यहाँ हरेक वर्ष लाखेजात्रामा प्रतियोगिता आयोजना हुने गरेको छ ।