🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आँबुखैरेनीमा बस दु र्घ टना मा परी २७ जनाकाे मृ त्यु, हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । दुर्घटनामा परी २१ जनाको घटनास्थलमा तथा १ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवन र ५ जनाको आँबुखैरेनी अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका १६ जनाको उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याईएको छ । २०८१ भाद्र ७ गते पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको सो यात्रुवाह बस तनहुँ जिल्लाको आँबुखैरेनी गाँउपालिका–४ स्थित आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्ने ऐना पहरामा २०८१ भाद्र ७ गते दिउँसो १२ः५५ बजे दुर्घटना भएको थियो । बस सडकबाट करिब ५० मिटर तल  मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनामा परी घाइते तथा मृतकहरुको उद्धार लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलको कमाण्डमा ११ जना गोताखोरसहित ५५ जना र नं. २३ मनकामना गण भानु तनहुँबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ४५ जनाको टोली परिचालन भएको सशस्त्र प्रहरीले जानकारी दिएकाे। उक्त बसमा ४३ जना यात्रु सवार रहेका थिए ।