🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ला लिगा : सेल्टाभिगो र भिल्लारियल विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टभिगो र भिल्लारियल विजयी भएका छन् । 

गएराति भएको खेलमा सेल्टाभिगोले भ्यालेन्सियामाथि ३–१ गोल अन्तरको पुनरामन जित दर्ता गरेको हो । डिएगो लोपेजले राफा मिरको पासमा गोल गर्दै पाहुना टोली भ्यालेन्सियालाई १४ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, २३ औं मिनेटमा ओस्कार मनगुएजाले लागो आसपसको पासमा गोल गर्दै घरेलु मैदानमा समर्थकलाई उत्साहित गरेका थिए ।

२८ औं मिनेटमा लागोले नै ओस्कारको पासमा गोल गरेपछि सेल्टाभिगो २–१ ले अघि बढेको थियो । ६० औं मिनेटमा फ्रान्सिस्को पेइनाडोले गोल गरेपछि सेल्टाभिगोले ३–१ को जित निकाल्न सफल भयो । 
सेल्टाभिगोको ला लिगामा लगातार दोस्रो जित हो । उसको तालिकामा २ खेलबाट ६ अंक भएको छ । भ्यालेन्सियाले भने लगातार दोस्रो खेलमा पराजय भोगेको छ ।

यस्तै, अर्को खेलमा भिल्लारियलले सेभिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । सेभिल्लाको मैदानमा पाहुना टोली भिल्लारियलले दोस्रो मिनेटमै अग्रता लिएको थियो । अर्नट गोरेनभल्डले गोल गर्दै अग्रता दिलाएका थिए । 

पहिलो हाफको अतिरिक्त समयमा सेभिल्लाले बराबरी गोल गरेको थियो । उसका डोडी लुकेबाकियोले गोल गरेपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो । बराबरीतर्फ उन्मुख खेलमा भिल्लारियलले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो पक्षमा ३ अंक लिन सफल भयो । 

अयोज प्रेजले अतिरिक्त सयमको पाँचौं  मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । ला लिगामा भिल्लारियलले २ खेलबाट ४ अंक बनाएको छभने सेभिल्लाको २ खेलबाट १ अंकमात्रै छ ।