🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दिल्लीमा आरजु र रेणु भेटको काठमाडाैंमा तरंग   

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा अप्रत्याशित रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको विषय निकै चर्चामा आयो । राणा स्वयम्ले कांग्रेसको केन्द्रीय समिति बैठकमा लक्किली मोदीसँग भेट भएको बताएकी थिइन् । भारत भ्रमणका लागि जनैपूर्णिमाको अघिल्लो दिन २०८१ भदौ २ गते दिल्ली पुगेकी थिइन् । दिल्लीको सेराटन होटलमा बासको व्यवस्था गरिएको थियो राणाका लागि । 

त्यही होटलमा अर्को एकजना चर्चित नेपाली पाहुना पनि थिए । उनको विषयमा खास चर्चा भएको छैन । उक्त होटलमा बस्ने अर्को नेपाली अरु कोही नभएर पूर्वप्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल थिइन् । उनी २०८१ साउन २९ गते दिल्ली पुगेकी थिइन् । 

 उक्त होटलमै बासको व्यवस्था गरिएको थियो । उनको वासको व्यवस्था भरतपुर महानगरपालिकाले गरेको हो वा आफ्नै निजी खर्चमा भएको हो ? प्रष्ट भएको छैन । तर, आरजु राणा दिल्ली पुगेर उक्त होटलमा बस्दा रेणु दाहाल पनि त्यही थिइन् । त्यसैले, अहिले काठमाडौंमा चासो र चर्चाको विषय बनेको छ ।

   दिल्लीको सेराटन होटलमा राणा र दाहालवीच भेटवार्ता भयो कि भएन ? वा के विषयमा कुराकानी भयो ? भन्ने विषयमा चासो रहेको छ । दिल्लीस्थित स्रोतहरुका अनुसार, उनीहरुवीच भेटवार्ता भने भएको छ । तर, भेटवार्तामा राजनीतिक विषयमा कुराकानी नभएको बताइएको छ । उक्त भेट र छलफललाई सत्ता गठबन्धनको घटक एमालेले पनि चासोका साथ हेरिरहेको स्रोत बताउछ । 

  एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु अहिलेको गठबन्धनको विपक्षमा रहेका कारण उनीहरु सरकार ढाल्ने खेलमा रहेका छन् ।

त्यही कारणले गर्दा पनि प्रधानमन्त्री ओलीमा शंका उत्पन्न भएको बताइन्छ । यद्यपि, अहिलेसम्म दिल्लीमा राणा र दाहालवीच राजनीतिक विषयमा छलफल भएको पुष्टि भने भएको छैन । कांग्रेसका नेताहरु अहिले प्रधानमन्त्री ओलीलाई शंका उत्पन्न हुनेगरी माओवादी केन्द्रका नेताहरुसँग छलफल र भेटघाट गर्ने मुडमा नरहेको विश्लेषण पनि भइरहेको छ ।

(साँघु साप्ताहिक, २०८१ भदौ १०)