🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ । गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको हो । 

बिलबाओको जीतमा पहिलो हाफको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए । सोही गोलको अग्रता पुरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जीत निकालेको हो । भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो ।

ला लिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ । अलाभेसले सोसिडाडमाथि २–१ गोल अन्तरको जीत दर्ता गरेको हो । सोसिडाड २९ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए । १० खेलाडीमा समेटिएको सोसिडाडले ३२ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो । सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए ।

पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २–१ को पुनरागमन जीत निकाल्न सफल भयो ।

अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ । यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।