🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसले नै धोका दिएपछि गठबन्धनका उम्मेदवार सापकोटा पराजित

काठमाडाैं । कांग्रेसले धोका दिएपछि टानको अध्यक्षमा एमाले र कांग्रेसको गठबन्धनबाट चुनाव उठेका राजेन्द्रप्रसाद सापकोटा पराजित भएका छन् । एमाले र कांग्रेसको सत्तागठबन्धनले सापकोटाको नेतृत्वको प्यानल बनाएको थियो ।

सत्ता गठबन्धनको प्यानलविरुद्ध माओवादी केन्द्रले सागर पाण्डेको नेतृत्वमा प्यानल बनाएको थियो । टानको नयाँ नेतृत्वका लागि २०८१ भदाै १७ गते  दिउँसो चुनाव भएको थियो ।

   चुनावमा कांग्रेसको ठूलो पंक्तिले सापकोटाले असहयोग गरेको ठमेलमा चर्चा भएको छ । पूर्वसहमति अनुसार एमालेले अध्यक्ष र महासचिव कांग्रेसले पाएको थियो । तर, यी दुवै पद कांग्रेस र एमालेले गुमाएका छन् ।

एमालेको असन्तुष्ट पक्षले महासचिव हराउन खोज्दा कांग्रेसको असन्तुष्ट पक्षले अध्यक्ष हराउन भूमिका खेलेका थिए । त्यही कारण दुवै पराजित भएको बताइएको छ ।

  पाण्डेले सापकोटालाई एक  सय मतले जितेका छन् । यो हारसँगै एमाले र कांग्रेसभित्र भने विवाद बढ्न थालेको छ । कांग्रेसभित्र चार वटा टीम रहेका थिए ।

चारवटा मध्ये दीपक महतको टीममात्रै सापकोटाको पक्षमा लागेको चर्चा पनि छ । रामशरण थपलिया, देवेन्द्र वाग्ले र नीलहरी वास्तोलाको टीम पाण्डेको पक्षमा लागेको बताइएको छ ।