🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शर्माले पुनलाई ओभरटेक गर्दै प्रचण्डलाई दिए चुनाैती

काठमाडाैं । छत्तिस वर्षदेखि निरन्तर अध्यक्ष रहेका  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपमहासचिव जनार्दन शर्माका कारण समस्यामा पर्दै गएका छन् ।

  निरन्तर शर्मासँग टकराव गर्नुपर्दा प्रचण्डमाथि दबाब त बढेको छ नै वर्षमान पुनलाई पनि टाउको दुखाईको विषय बन्न थालेको माओवादी नेताहरुले टिप्पणी गर्न थालेका छन् ।

   विगतमा वर्षमान पुन र जनार्दन शर्माको प्रतिस्पर्धा भएको माओवादी चर्चा थियो । तर, शर्माले पुनलाई ओभरटेक गरेर प्रचण्डसँग प्रतिस्पर्धा गर्न थालेपछि पुन दोस्रो तहमै रोकिएका छन् ।

   माओवादी नेताहरुको टिप्पणी अनुसार अब गुटको भागबण्डा हुँदा पनि बर्षमान पुन र जनार्दन शर्माको होइन, प्रचण्ड र जनार्दन शर्मावीच हुने भयो ।

पुन प्रचण्डकै गुटमा हुने भएपछि शर्मा रणनीतिक रुपमा पुनलाई साइजमा राख्न सफल भएको चर्चा पनि हुन थालेको छ । आफ्नो मान्छेको संरक्षणमा शर्मा अहिले निकै लागेका छन् ।

   सुदूरपश्चिम प्रदेशको इञ्चार्ज, सहइञ्चार्ज र संसदीय दलको प्रमुखको राजनीति त्यसैमा केन्द्रित रहेको छ । शर्माले आफ्नो मान्छेलाई हटाएको भन्दै खगराज भट्टको पक्षमा शर्मा खुलेर लागेकामात्र छैनन्, प्रचण्डलाई निर्णय फिर्ता गराउन बाध्य पारिरहेका छन् । पुन भने उनको उक्त लडाईमा रमितेजस्तामात्रै देखिएका छन् ।   

     यता, कर्णाली प्रदेशको हकमा पनि प्रचण्डले त्यही गरिरहेका छन् । त्यसले गर्दा प्रचण्डले शर्माको धारणालाई पनि सहभागी गराउने गरी नयाँ सर्कूलर गरेका छन् ।

दुुईदिनअघिको प्रचण्डको नयाँ सर्कूलर अनुसार पार्टीको स्थायी कमिटीमा शर्माले राखेको लिखित १४ पाने धारणालाई प्रचण्डले केन्द्रीय समितिको बैठकमा पुरक प्रतिवेदनको रुपमा समेट्ने सर्कुलरमै उल्लेख गरेका छन् ।