काठमाडौँ । चेल्सीले ब्राइटनमाथि सानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए । पाल्मरले २० मिनेटमा चार गोल गरेर चेल्सीलाई सहज जित दिलाएका थिए । त्यसैगरी ब्राइटनका लागि जर्जिनियो रोटर र कार्लोस बालेबाले एक-एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको ६ खेलमा १३ अंक भएको छ भने ब्राइटनको ६ खेलमा ९ अंक रहेको छ ।
ओसासुनासँग बार्सिलोना स्तब्ध
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग ४-२ गोल अन्तरले पराजित भएको हो । ओसासुनाको जितमा आंटे बुडीमिरले २ गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एक-एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक-एक गोल गरेका थिए । यो ओसासुनाको यस सिजनमा चौथो जित हो । यो जितपछि ओसासुनाको ८ खेलमा १४ अंक भएको छ र लिग लिगमा छैटौं स्थानमा छ ।
त्यसैगरी बार्सिलोनाको भने यो यस सिजनमा पहिलो हार हो । यो हारपछि बार्सिलोनाको ८ खेलमा २१ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।




