🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली फुटबल प्रशिक्षक हुमागाईंले प्राप्त गरे \’फिफा–प्रो\’ लाइसेन्स 

काठमाडौं । फुटवल प्रशिक्षकमा प्रदिप हुमागाईं विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् । 

प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसंगै अध्ययनमा सक्रिय ४३ वर्षिय हुमागाईंले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए । 

हुमागाईंले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जीवन सुरुवात गरेका थिए । १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए ।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो । काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईंले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन् । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।