एकजना बेहोस अवस्थामा रहेको ब्यक्ति उपचार पछि होसमा आयो भने त्यो विरामीले के गर्ला ? पक्कै पनि आफ्नो परिवार खोज्छ, परिवार पनि यस्तो अवस्थामा चिन्तित रहने गर्छन् । परिवार, इष्टमित्र, साथीभाइ सबै पीडामा हुन्छन् । तर, यी एक अमेरिकी मुटुका बिरामी हुन् जो होस् खुल्ने वित्तिकै नाच्न थालेका थिए । हो, यी अमेरिकाको मेरिल्याण्डका एकजना १५ बर्षीय युवा मुटु रोगका विरामी हुन् जो मुटुको ट्रान्सप्लान्ट पश्चात होस्मा आउनेवित्तिकै बेडमै सुतेरै डान्स गर्न थालेका थिए । यी विरामी मुस्कुराएर खुसी भएको देखेपछि चिकित्सक तथा नर्स पनि खुसीले झुमेका थिए । यसको भिडियो अहिले सामाजिक सञ्जालमा खुब चर्चामा आएको छ ।




