योभन्दा पहिले बजार तथा मेलाबाट आपूmलाई मन परेको युवती छानेर व्यक्तिले विवाह गरेको कुरा त चर्चामा आएकै र सुनेकै हो । तर, यो एउटा यस्तो दुलाहा मेला लागेको छ जहॉ त्यहॉबाट युवतीहरूले आपूmले चाहेको बेहुला रोज्न सक्छन् । भारतको मधुवनी जिल्ला अन्तर्गत संचालित यो अनौठो बेहुला मेला २२ बिघा जमिनमा ९ दिनसम्म चल्ने गर्दछ । एक खबरका अनुसार, मैथली ब्राम्हणहरूको यस मेलामा कन्याहरूका पिताले आफ्नो छोरीको लागि योग्य वर छनौट गरी विवाह गरिदिन्छन् । यतिमात्र नभई योग्यता अनुसार यहॉ दुलाहाको सौदाबाजी समेत हुने गर्दछ । यो प्रथालाई ७ सय बर्ष पुरानो बताइएको छ । यहॉ पंजिकारको भूमिका समेत महत्वपूर्ण रहने गर्दछ ।




