यो यस्तो लुगा हो, जुन बच्चाको शरीर बढ्दै गएपछि लुगाको साइज पनि बढ्दै जान्छ । यदि बच्चा बच्चीका लागि लुगा किन्दा किन्दै हैरान हुनुभएको छ भने यसो सोच्नुस् है ? एक खबरका अनुसार, बेलायतका युवकले यस्तो लुगा आविष्कार गरेका हुन् । केही समय अगाडि २४ बर्षीय बेलायती युवक रियान यासिनले यस्तो कपडा बनाएका हुन् जुन बालबालिकाको उमेर बढेसँगै लुगा फैलिने गर्दछ । उनले यस आविष्कारमा जेम्स डायसन अवार्ड पनि हात पारिसकेका छन् । यो जापानी कला ओरिगेमीको एक नमूना हो जसमा कागजलाई मोडेर विभिन्न आकृति बनाइन्छ र जब कागजलाई खोलिन्छ तब आकृति बढ्दै जान्छ । साथै यसमा हाइड्रोफोबिक कोटिङ गरिएको छ, जसको कारण यो वाटरप्रुफ पनि छ । यी कपडालाई पेटिटी प्ली नाम दिइएको छ । यो कपडा बच्चा जति ठूलो भयो, शरीरका आकारसँगसँगै लुगा फिट हुँदै जान्छ ।
विचित्रको लुगा : उमेरसँगै साइज बढ्ने




