🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार मन्त्रालय र उपसभामुखको मागमा अडान राखेपछि फोरमसँगको बार्ता अड्कियो

काठमाडौं, फागुन २० \\   सङ्घीय समाजवादी फोरमको महत्वाकांक्षा र माग चुलिंदैगएपछि वाम गठबन्धनलाइ झन्-झन् सकस बढ्दैगएको छ।

आज आइतबार बिहान फोरम र वाम गठबन्धनबीच भएको बार्तामा फोरमले चारओटा मन्त्रालय र एउटा सम्वैधानिक पद (कम्तिमा उपसभामुख) को मागमा अडान नछाडेपछि बार्ता अघि बढ्नैनसकेको गठबन्धनका नेताले बताए।

वामगठबन्धन र फोरमबीच आइतबार बिहान भएको बैठकमा कुनै सहमति नभएपछि फेरि अपराह्न तीन शीर्ष नेता प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव बसेर छलफल गर्ने सहमति भएको छ।

बैठकमा एमालेका तर्फबाट माधव नेपाल, ईश्वर पोखरेल,वामदेव गौतम, प्रदीप ज्ञवाली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, फोरम अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र राम सहाय यादव सहभागी थिए।

फोरमले एक उच्च संवैधानिक पद खास गरी उपसभामुख र कम्तीमा चार मन्त्री दिए सरकारमा जान सर्त अघि राखेको छ। यसलाई बाम गठबन्धनले स्वीकार गरेको छैन। बैठकमा सहभागी एक नेताका अनुसार फोरमलाई संवैधानिक पद दिन गठबन्धनलाई गाह्रो परिरहेको छ भने चार मन्त्री फोरमलाई दिन पनि अप्ठ्यारो परेको छ।