काठमाडौं, फागुन २० \\ जेष्ठ सदस्यको हैसियतले प्रतिनिधिसभाको अध्यक्षता गर्नबाट महेन्द्र राय यादव पन्छिएका छन्।
संसदको कार्यसूचि तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्शमा प्राविधिक रुपमा ज्येष्ठ सदस्य देखिएका यादवलाई ज्येष्ठ सदस्यको रुपमा शपथ नगराउने सहमति बनेको हो ।
अब प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले राष्ट्रपतिबाट शपथ लिने छन् । उनी ७५ वर्षका छन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई आज आइतबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।




