🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खराब कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने

काठमाडौँ, २९ चैत (रासस) :  गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिएका  छन्  ।

यहाँ चैत २९ गते  ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को समापन गर्दै उनले भने, “जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ । त्यसैले तपाईंहरुले जिम्मेवारपूर्ण ढंगले काम गर्नुहोस् ।”

विभिन्न जिल्लाका प्रजिअ र गृह मन्त्रालयका अधिकारी सम्मिलित तालीमका सहभागीलाई सम्बोधन गर्दै गृहमन्त्रीले भने, “प्रजिअ र प्रहरी प्रमुखले अपराधीलाई नियन्त्रण नगरी उनीहरुसँग मिलेर काम गरे भने गृह प्रशासनको पनि त्यही रुपमा चित्र जनतामाझ प्रस्तुत हुन्छ । यसतर्फ तपाईंहरु सचेत हुनुहोस् ।”

गृहमन्त्री थापाले खराब काम गर्ने कर्मचारी र सुरक्षाकर्मीलाई कडा कारवाही गरिने चेतावनी दिए । गृहमन्त्री थापाले भने, “तपाईंहरुले जनतालाई न्याय दिने कि जनतामाथि अन्याय गर्ने वा अन्याय गर्नेहरुको पक्षमा उभिने गरी काम गर्ने ? यसको जवाफ स्थानीय प्रशासक र स्थानीय सुरक्षाकर्मीले दिनुपर्ने हुन्छ । हामीले ठीक ढंगले काम गरेको जवाफ दिनसक्नुपर्छ ।”

राजनीतिक परिवर्तनसँगै प्रहरी ऐन, सार्वजनिक सुरक्षालगायत ऐन परिमार्जनको अन्तिम चरणमा रहेको जानकारी गृहमन्त्री थापाले दिए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राई र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले तालीमले व्यावसायिक, स्वतन्त्रतापूर्व र तटस्थ रुपमा न्याय सम्पादन गर्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे  ।
–––