🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रानीपोखरीको शौचालयमा आहाल, महिलाको ट्वाइलेटमा पुरुष छिरेपछि झन् बेहाल

काठमाडौँ, १८ कार्तिक । दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन आज एकदिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला हुने गर्छ ।

अन्य वर्ष झैँ यस वर्ष पनि मन्दिरमा भाइटीका लगाउनहरुको  बिहानैदेखि भिड लागेको थियो । तर भक्तजनलाई लक्षित गरेर बनाएको शौचालय गइनसक्नु भएपछि भक्तजन मारमा परेका छन् ।

पुरुष शौचालयमा अहालमा जस्तै पानी जमेको छ । शौचालयमा छिर्दा नाक थुन्नुपर्छ । शौचालयको प्यानहरु गुट्खा, सुर्ति तथा चुरोटका खोलहरुले भरिएको छ । महानगरले ध्यान नदिएकोमा दु:ख व्यक्त गर्दै भक्तजन रामहरि सुवालले भने,'सहरकै त यस्तो हालत छ झन गाउँमा त के होला !'

हजारौं सङ्ख्यामा आएका भक्तजनलाई शौचालयको अभाव भएपछि बाहिर एकजनालाई ढोकामा कुरुवा राखेर पुरुषले पनि महिला शौचालय प्रयोग गरेका थिए । 

काठमाडौँ महानगरपालिकाले काठमाडौँकै मुटुमा रहेको रानीपोखरीमा एउटा राम्रो शौचालय समेत व्यवस्थापन गर्न नसक्दा शौचालयले महानगरलाई गिज्याएको छ ।