🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुस र युक्रेनले एकअर्काविरुद्ध अहिलेसम्मकै सबैभन्दा घातक ड्रोन आक्रमण

काठमाडौँ । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्।

आइतवार, रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरू छ वटा क्षेत्रमा रोकेको र तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेको बताएको छ । जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो ।

आइतवार, युक्रेनी वायुसेनाले रुसले शनिबार राति १४५ ड्रोन आक्रमणहरू गरेको जानकारी दिदै यी ड्रोनले देशको हरेक भागलाई निशाना बनाउएको बताएको छ । युक्रेनी सेनाले अधिकांश ड्रोनलाई खसालेको दाबि गरेको छ ।

रुस र युक्रेनबीचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ ।

आइतवार मस्कोमा युक्रेनी आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठूलो हमला हो। मस्कोका गभर्नरले पनि आक्रमणलाई ठूलो भनेका छन् ।

अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ ।